×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

काठमाडौंका ७ नगरमा कांग्रेसका क–कसले जिते ?

१७ आश्विन २०७८

१७ असोेज, काठमाडौं ।

नेपाली कांग्रेसको काठमाडौंका सात वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका सात वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

Advertisement
Advertisement

अन्तिम परिणाम सार्वजनिक हुनेमा बूढानीलकण्ठ, कागेश्वरी–मनहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका रहेका छन् ।

परिणाम सार्वजनिक भएका सबै पालिका मतदानबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।

बूढानीलकण्ठमा राजाराम

कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन् । सभापति पदका लागि शनिबार भएको निर्वाचनमा बुढाथोकी एक सय ५५ मत ल्याई विजयी भएका हुन् । उ

नका नजिकका प्रतिष्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन् ।

यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए । सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी सबै राजारामकै प्यानल रहेको बताइएको छ ।

कागेश्वरी–मनहरामा उद्धव दाहाल

कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन् ।

तारकेश्वरमा कृष्णहरि महर्जन

कांग्रेस तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनमा सभापतिमा एक सय ३५ मत प्राप्त गरी महर्जन विजयी भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।

महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले एक सय १४ मत ल्याए भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । महर्जन कांग्रेस नेता भीमसेन दास प्रधान निकट भने थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमिल्सिनाले एक सय २३ मत र अर्यालले एक सय २५ मत पाए ।

त्यस्तै सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

शंखरापुरमा दीलिपकुमार श्रेष्ठ

कांग्रेस शंखरापुर नगरपालिकाको सभापतिमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले सभापतिका लागि भएको मतदानमा खसेको कूल एक सय ५७ मतमध्ये ८६ मत प्राप्त गरे ।

यस्तै उपसभापति (दुई जना) मिलन खड्का र अमित प्रधान विजयी भएका छन् । सचिवमा पनि दुई जना रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन् ।

टोखामा ओम विमली
नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन् । एक सय १७ मत प्राप्त गरी विमली विजयी भएका हुन् । उनका प्रतिष्पर्धी दीपक जोशीले एक सय ६ मत प्राप्त गरे ।

उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बाँनिया र द्वारीका कुँइकेल र सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति श्रेष्ठ निर्वाचित भएका छन् ।

गोकर्णेश्वरमा कुमार लामा

नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा विजयी भएका छन् । लामा एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी, रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे ।

उपसभापतिमा विकाश श्रेष्ठ र बच्चु ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल तथा सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् ।

नागार्जुनमा दुर्गा गौतम

नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन् ।

११ वटा पालिका मध्ये काठमाडौं महानगरमा नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान जारी छ । कीर्तिपुर र चन्द्रागिरिमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । दक्षिणकालीमा भने वडा नम्बर २ को वडा अधिवेशन नै सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top