×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

पानी खोज्दै बेसी झरेकाहरू त्यसपछि गाउँ उक्लिए

१७ आश्विन २०७८

१७ असोज, तनहुँ ।

गाउँ भन्दा माथिपट्टी अर्को कुनै डाँडा छैन् । पूर्वतर्फ फर्केर हेर्दा धेरै तल सेती नदी र मादी नदी अविरल बगिरहन्छ ।

Advertisement
Advertisement

सेती र मादीमा बगेको पानी हेरेर मात्रै तिर्खा नमेटिने ! तिर्खा मेटाउनेलाई गाउँमा पानीको मुहान छैन् । हिउँद बर्खा जहिल्यै पानीको दुख । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबासी पानी खोज्दै काकाकुल झै भौतारिन्थे ।

िआधा रात नभनिकन पानी खोज्दै रित्तो गाग्री बोकेर ओराली झर्नुपर्ने बाध्यता छ । ‘रातको १ बजे राँको बाल्दै पानी लिनलाई डोकोमा ग्रागी बोकेर झर्नुपर्ने । धरादी, अलैँचे, चिसापानी जहाँ पुगेर भएपनि पानी ल्याउनुपर्ने थियो । दुई खेप पानी ल्याउदा उज्यालो भइहाल्थ्यो’, मानहुँकोटकी ६४ वर्षीया रेवती आले सम्झन्छिन् ।

मगर बस्तीमा ७० घर थिए । सबै परिवारको पिरलो खानेपानीको जोहो कसरी गर्ने भन्ने नै हुन्थ्यो । अधेरीमा पधेरी नझरी दिन नढल्ने । रेवतीका अनुसार बर्खामा आकाशे पानी संकलन गर्नलाई अहिले जस्तो जस्ताले छाएको छानो थिएन् । अधिकांश घुमाउने घर खरले छाएका थिए ।

त्यसैले हिउँद बर्खा जहिले खानेपानी बोकेर तिर्खा मेटाउनु पर्थ्यो । वर्षेनी जनसंख्या बढ्दै, झनझन् गाउँमा पानीको हाहाकार मच्चिन थाल्यो । त्यसपछि गाउँलेले विकल्पको बाटो रोज्दै धमाधम मानहुँकोटको बेसीँ अलैँचे, सौराहा, चापाघाट, पाटन, गुणादी र दमौली आसपासमा बसाई सर्नथाले ।

गुल्जार गाउँ रित्तिदै गयो । ७० घरबाट घटेर पाँच घर मात्र सिमित बने । पढ्ने केटाकेटी कोही नभएपछि गाउँको आधारभुत विद्यालय पनि खारेज भएर ओरालो झरेको छ । रेवती भन्छिन्, ‘जहाँ गएनी एक कुराको त दुख हुन्छ नै भनेर हामी गाउँमा बसिरह्यौँ । तल गएनी घाँसको दुख हुन्थ्यो ।

घाँस काट्नलाई यहीँ आउनुपर्ने, दाउँरा काट्न यहीँ । एक कुराको त जसै दुख काट्न पर्छ यहीँ बस्छौ भनेर बसे । एक्लै भएपनि बस्छु भन्ने मनमा थियो । तर, अरु चार घरले पनि गाउँ छाडेनन् ।’

गाउँले बेसी झरेपछि कोदो मकै फल्ने बारीमा पाती र वनमाराहरू फुल्न थाले । खेतीपाती हुने गह्रामा सिरु र बाँवियोको गाँज झ्यांगिए । चिटिक्क परेका घुमाउने कति घर भत्किए, कति घर एक्लिए त्यसको लेखाजोखा नै छैन् ।

सदरमुकाम दमौली बजारको पश्चिम शिरको डाँडो मानहुँकोट दमौलीको झिलिमिली उज्यालो, सडकमा ट्या्..टु.. गर्दै हुइकिएका सवारी, सेती र मादी नदीमा बगिरहेको पानी हेर्दै टुलुटुलु बसिरह्यो ।

दमौलीबाट गाउँमा गाडी चढ्ला, बिजुली बजेर गाउँ झिलिमिली होला भनेर कसैले सोचेनन् । विस्तारै दमौलीको विकास उकालो चढ्न थाल्यो । सडक मानहुँकोटमा उक्लियो, बस्तीमा उज्यालो पुग्यो ।

तैपनि बेसी झरेकाहरू थातथलोमा उक्लिएनन् । किनभने गाउँमा विकास उक्लिए पिन पानी उक्लिएको थिएन् । बरु दमौलीतिरका कहिलेकाहीँ मानहुँकोट डाँडोमा घुम्न उक्लन्थे । सधैँ शिरानमा देख्ने डाँडोमा उक्लेर रमाउदैँ भन्थे, ‘ओहो स्वर्ग जस्तै पो रहेछ !’

एक–दुई जना पैदलै घुम्नलाई उक्लने झर्ने भइरह्यो । मानहुँकोटमा सडक उक्लिएसँगै पर्यटनको सम्भावना देख्नेहरूले धेरथोरै पर्यटनका गतिविधी संचालन गरे । त्यसपछि पाती र वनमारा फुलेका मानहुँकोटको पाखो बारी बजारका व्यापारीले किने । पछिल्लो पाँच वर्षमा विस्तारै मानहुँकोट उक्लने आन्तरिक पर्यटक बढ्नथाले ।

पोहोर साल हिउँदमा उत्पातै भो । कहिल्यै, कसैले नसोचेको संख्यामा पर्यटक मानहुँकोटमा उक्लिए । एकै दिन १० हजारसम्मको ताँती लाग्यो । कसैले फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम सामाजिक सञ्जाल जताततै मानहुँकोटको दृश्य छ्यापछ्पाप्ती भइदियो ।

मादी र सेतीबाट सुरु भएर दमौली बजारलाई ड्याम्म कुहिरोले घुम्टो ओढाएर सूर्य उदाएको मनोरम दृश्यले धेरैलाई दमौली छाडेर एकपटक मानहुँकोट डाँडामा उक्लने हुटहुटी जगायो । मौसम छर्लङ्ग खुल्दा आँखै अगाडी टल्कने माछापुच्छ्रे, धौलागिरीलगायत हिमालका चुचुराले मोहनी लगायो ।

पृथ्वी राजमार्गबाट आठ किलोमिटर माथिको मानहुँकोट डाँडामा देश विदेशका घुमन्तेहरू मात्र उक्लिएनन्, हिजो खानेपानी जोहो गर्दाको सास्तीले हैरान बनेर बेसी झेरका मानहुँबासी पनि फेरि उक्लिए व्यापार गर्नलाई ।

भत्किन आँटेका घरलाई टालटुल पारे । पाती फुलेको जग्गालाई सम्याएर घर टहरा बनाए । आफ्नै गाउँ फर्किएर होटल रेष्टुरेण्ट व्यवसाय थालेका छन् ।

गाउँ फर्किने एक हुन् वसन्ती थापा । २०५२ सालमा बसाई सरेकी उनी गत वर्ष गाउँ फर्केर होटल संचालन गरेकी छिन् । उनले दमौलीमा फ्रेस हाउस छाडेर गाउँ उक्लेको बताइन् । गाउँमा सम्भावना भएकाले फिरेको उनले सुनाइन् ।

‘दमौलीमा व्यापार गर्न घर भाँडा धेरै तिर्नुपर्थ्यो । यहाँ आफ्नै गाउँ, आफ्नै जग्गा । भाडा पनि नलाग्ने । आफ्नै थलोमा व्यापार चल्ने भएपछि किन बजार बस्ने भनेर आयौँ’, उनले भनिन्, ’अहिले गाउँमै बाटो छ । जे चाहियो गाडीले ल्याइदिन्छ । पानी पनि ल्याइदिन्छ पैसा तिरेपछि । त्यही भएर हामी आयौँ ।

आफ्नै ठाउँमा, आफ्नै गाउँमा ।’ उनका अनुसार बेँसी झरेकाहरूको आमा समूहले अहिले गाउँमा विद्यार्थीविहीन भएको विद्यालयको भवनमा होमस्टे चलाएका छन् ।

पाटन झरेका तिलबहादुर थापाको परिवार पनि गाउँ फर्किएको छ । गत हिउँदमा मानहुँकोट चम्कन थालेपछि पुसमा गाउँमा होटल चल्ने सम्भावना देखेर ६ जनाको परिवार गाउँ फर्किएको उनले बताए । ‘पुरानो घर भत्किसकेको थियो । टिनको टहरा बनाएर होटल चलाएका छौँ । व्यापार राम्रै छ । सिजन सुरु हुदैछ, अझै बढ्छ होला’, उनले भने । तिलकबहादुरका अनुसार शुक्रबार र शनिबार मानहुँकोट उक्लने बढी हुन्छन् ।

बसन्ती र तिलबहादुरसँगै बसाई झरेका नौ घर पर्यटकसँगै गाउँ उक्लिएका छन् । पुरानो घर मानहुँकोट नभएकाहरू पनि व्यवसाय गर्न डाँडामा उक्लिएका छन् ।

होटल रेष्टुरेण्ट खुल्ने क्रम बढ्दो छ । पर्यटक उक्लिए, खानेपानीको अभावमा बसाइ झरेकाहरू पनि उक्लिए । तर, डाँडामा अझै खानेपानी उक्लन सकेको छैन् । बरु बजारको प्रशोधित जार र ट्यांकरको पानी भने मोटरबाटो हुदैँ उक्लिएको छ ।

बर्खायाममा घरको छानो र विद्यालयको छानोमा आकाशे पानी संकलन गरेर प्रयोग गर्ने गरेको मधुमाया थापाले बताइन् । हिउँदमा बजारको जार र ट्यांकरको पानी किन्ने गरेको उनले सुनाइन् । दमौलीबाट ल्याइएको एक जार पानीको मुल्य ८० रुपैयाँ र एक ट्यांकर पानीको एक हजार ६ सय रुपैयाँ तिर्नुपर्छ ।

अझै पनि खानेपानीको समस्या उस्तै रहेको उनले सुनाइन् । वर्षाै पहिले खानेपानी ल्याउनलाई नापजाँच भएपनि पूरा नभएको उनको भनाइ छ । घरमै खानेपानीको धारो मानहुँबासीको पुरानो सपना हो । कहिले पुरा हुने हो टुंगो छैन् ।

निर्वाचनको बेला मात्रै खानेपानीको कुरा हुने रेवती आले बताउँछिन् । रामचन्द्र पौडेलको पालामै सर्भे गरेको भएपनि अहिले सम्म पानी नपुगेको उनले सुनाइन् । सोलारबाट पानी तान्ने कुरा भएको तर पुरा भएको छैन । गाउँमा पानी आए बेसीँ झरेका अझै धेरै उक्लने उनको अनुमान छ ।

मानहुँकोटमा पानी पु¥याउनलाई डिपिआर निर्माणको चरणमा रहेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । वडाको बजेटले नपुग्ने भएकाले डिपिआर बनाएर काम गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘वडाको योजनाले भ्याउदैन् । त्यसैले नगरपालिका, प्रदेश सरकार र रोटरीसँग सहयोग लिने विकल्प राखेर डिपिआर बनाउँदैछौँ ।’

गाउँभन्दा निकै तल दुलेमा रहेको मुहानबाट गाउँमा पानी लैजान लागेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसअघि संघीय सरकारको सहयोगमा मानहुँकोटमा ड्रिलिङ गरेर जमिनमुनीको पानी तान्ने प्रयास गरिएको थियो । उक्त प्रयास सफल भएन ।

Advertisement

नगरपालिकाले मानहुँकोटमा पुर्वाधार थप्नलाई चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त रकम मानहुँकोटमा मन्दिर निर्माण र भीरतर्फ रेलिङ राख्न प्रयोग हुनेछ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top