संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

बुटवल, साउन ९
प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ ।

प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । बाँकी तीनवटा समितिका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

तीनवटा समितिमध्ये सार्वजनिक लेखा समितिमा प्रतिपक्षी दलका डिल्लीबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सत्तापक्षबाट अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार निर्विरोध भएका छन् ।

Advertisement

प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समितिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज मनोनयन हुने तीनवटै समितिमा पनि कसलाई सभापति बनाउने भन्ने टुंगो सत्तापक्षले लगाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

उनका अनुसार प्रदेश मामिला तथा कानून समितिमा सत्तापक्षीय दामाकुमारी शर्मा र सामाजिक विकास समितिको सभापतिमा दीर्घनारायण पाण्डेले मनोनयन दर्ता गराउनेछन् भने संघीय समाजवादी फोरमका तर्फबाट कृषि, वन तथा वातावरण समितिमा विजयबहादुर यादवले मनोनयन पत्र दर्ता गराउने सहमति भएको छ ।

Advertisement

प्रदेश नं ५ मा नेकपाका ६१ प्रदेशसभा सदस्य रहेका छन् भने विपक्षी नेपाली काँग्रेसका १९ र फोरमका पाँच, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सदस्य रहेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top