×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तिनपाङ्ग्रे विवादले भरतपुर तनाब ग्रस्त

९ श्रावण २०७५

चितवन, साउन ९
तिनपाङ्ग्रे अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप हुँदा भरतपुर तनाबग्रस्त भएको छ ।

केन्द्रीय वस टर्मिलन चोकमा बुधबार दिउँसो झडप भएपछि भरतपुर तनाबग्रस्त भएको हो । प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी समेत गरेका छन् । आन्दोलनकारीहरुले एक घण्टा बन्दसहित चोकमा रहेको प्रहरीको बिटमा आगो लगाउन खोजेपछि प्रहरीले हवाई फायर गरेको हो ।

Advertisement
Advertisement

झडपमा दुई जना प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारीहरु घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरका अनुसार जर्वजस्ती राजमार्ग बन्द गरेर आवागमन प्रभावित गरेपछि खुलाउने क्रममा झडप भएको हो । उनीहरुले एकघण्टा राजमार्ग समेत बन्द गराएका थिए ।

बन्द राजमार्ग खुलाउन नमान्दा प्रहरीले नियन्त्रणमा लिने खोजेको तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि बल प्रयोग गरिएको एसपी राठौरले बताए । केही आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रदर्शनकारीले सडकमा टायर बालेर बिरोध जनाइरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा तिनपाङ्ग्रे अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति हुन सकेन ।

Advertisement

राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढ्दै गएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने बताउँदै आएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top