सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो

सोलुखुम्बु, साउन १०
सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४/७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ ।

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिए । यस्तै आव २०७४/०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् ।

मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् । मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ ।

Advertisement

यसैगरी गाली बेज्जतिमा १० मुद्दा परेको र १० वटै फैसला भएका छन् । संगठित अपराधका मुद्दा चार वटा परेकामा दुई फछ्र्योट भए । कर्तव्य ज्यान मुद्दामा चार मुद्दा परेको र चारवटै फैसला भएको जिल्ला अदालतले जानकारी दिएको छ ।

जिल्ला अदालतलाई ७५ प्रतिशत मुद्दा फैसला गर्न दिएको लक्ष्यअनुसार ७६ दशमलव ८२ प्रतिशत मुद्दाको फैसला भएको अदालतका नायब सुब्बा रसाइलीको भनाइ छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top