मनमोहन स्मृती पोलिटेक्नीकमा ४० जनालाई औद्योगिक प्रशिक्षण सुरु

विराटनगर, साउन १०
सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम मोरङको बुढीगंगा स्थित मनमोहन स्मृती पोलिटेक्निकमा शुरु भएको छ । ब्यवसायिक शिक्षा तथा तालिम परिषद (सिटिईभिटी)को समन्वय तथा स्वीस सरकारको आर्थिक सहयोगमा संचालित सिटिईभिटीको ईन्स्योरा परियोजना अन्तरगत तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै एक नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक नम्बर प्रदेशको प्राबिधिक बिश्व बिद्यालयको रुपमा अगाडी बढेको मनमोहन पोलिटेक्नीकले शुरु गरेको परियोजनाबाट प्राबिधिक शिक्षामा एक नम्बर प्रदेश अब्बल बनि अन्य प्रदेशका लागि पनि जनशक्ति उपलब्ध गराउने विस्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले प्रविधिक शिक्षाको विकासका लागि मनमोहनलाई प्राबिधिक विश्व बिद्यालयको रुपमा अघि बढाउन निति तथा कार्यक्रममै बजेट समेत विनियोजन गरेको बताए ।

Advertisement

मन्त्री घिमिरेले दातृ निकायबाट सहयोग हुनुले एक नम्बर प्रदेश प्राबिधिक तथा स्वरोजगार मुलक व्यवसायिक शिक्षामा अब्बल बन्ने दावी गरे । उनले हालको अवस्थामा केही कानुनी जटिलताका कारण काम गर्न नसकिरहेको बताउँदै मन्त्रालयले शैक्षिक कानुन निर्माण प्रकृया अन्तीम चरणमा पु¥याएको जानकारी दिए । स्वीस राजदुत एलिजाबेथ भन क्यापेलाले दिगो तथा सम्मानीत रोजगारीकालागि सीप परियोजनालाई पाईलट परियोजनाको रुपमा अघि बढाउन मुख्यमन्त्रीसँग छलफल चलिरहेको जानकारी दिइन् ।

Advertisement

सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले पहिलो पटक नेपालमा प्रदेश १ को प्राविधिक शिक्षालय मनमोहन स्मृती पोलिटेक्निकबाट तालिमको आयोजना गरिएको बताए ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदले २४ महिने औद्योगिक प्रशिक्षणको आयोजना गरेको हो । १ गते देखि तालिमका शुरु गरिएको भएपनि बिहीवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

तालिममा २०÷२० जनाको समुहमा ४० जनाको सहभागीता रहेको तालिम प्रमुख ईन्जिनियर सुदिप अधिकारीले जानकारी दिए । नेपालमै पहिलो पटक नमुना परियोजनाको रुपमा मनमोहनमा शुरु भएको पोलिटेक्निकका प्रिन्सिपल सुवासश्री पोखरेलले बताए ।

मनमोहन स्मृती प्रतिष्ठानका सदस्य तथा सुचना प्रमुख सत्यनारायण चौधरीले पोलिटेक्निकले हाल सम्म एक हजार जना बिद्यार्थीलाई तालिम दिएको मध्ये ७ सय ७६ जनाले रोजगारी पाएको बाँकीले उच्च शिक्षा अध्यन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा एसविसीका वरिष्ठ कार्यक्रम अधिकृत डा उषा भण्डारी , ह्याभिट्याटका निर्देशक डा. भरत कुमार पोखरेल, एक नम्बर प्रदेश सभाका सदस्यहरु चुमनारायण तवदार, यशोदा अधिकारी, उपेन्द्र घिमिरे र साबित्रा अधिकारी लगायतको उपस्थिती थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top