२० असोज, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य मंगलबारको भन्दा ४ सय रुपैयाँले घटेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ४५० कायम गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ ।

