×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

१३ चैत्र २०८२

१३ चैत , काठमाण्डौ।

बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ः३४ मा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्ति बाचन गरिएको थियो ।

Advertisement
Advertisement

स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए । उनले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् । बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग गरेका हुन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फगत शपथ मात्रै हुने गरेकामा यो पटक उनले राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रयोग गरेका हुन् ।

नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए । उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो ।

योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्तऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ ।

सातको संख्यालाई पूर्णताको प्रतीक मानिने हुनाले, यसले पूर्ण विजय, सुख र समृद्धिको संकेतसमेत गर्ने हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यस्तो प्रयोग शपथमा पहिलो पटक भएको बताइएको छ । यस्तै आज नै प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् ।

अहिले २२ मन्त्रालय रहेकामा प्रधानमन्त्री शाले आफूसँग ३ मन्त्रालय राखेका छन् । बाँकी ४ मन्त्रीलाई दुई÷दुई मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् ।

शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बाँकी मन्त्रीलाई एक÷एक मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा.विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।

यस्तै पूर्वप्रधानमन्त्रीहरू सहभागी भए । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराई सहभागी भए । अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी भए ।

Advertisement
Advertisement

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका छन् । यस्तै काँग्रेसका बहालवाला सभापति गगन थापा पनि गएनन् ।

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top