×

NEPAL TIMES UPDATES

Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

२८ बैशाख २०८३

२८ वैशाख , काठमाण्डौ।

इरान युद्धले अर्थतन्त्रमा चाप बढाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई सहयोगका लागि गुहारेका छन् । उनले देशका लागि नागरिकहरुलाई इन्धनको प्रयोग कम गर्न र एक वर्ष सुन नकिन्न समेत अपिल गरेका छन् । आइतबार हैदरावादमा आयोजित भारतीय जनता पार्टीको ¥यालीलाई सम्बोधन गर्दै मोदीले छिमेकमा जारी युद्धका कारण विश्वभर इन्धनको मूल्य कैयौँ गुणा बढेको र त्यसको ठुलो असर भारतमा परेको उल्लेख गरे ।

Advertisement
Advertisement

सो क्रममा उनले वर्तमान विश्व परिस्थितिमा पेट्रोल, ग्यास र डिजेलको प्रयोगमा कटौती गर्नुपर्ने बताएका हुन् । भारतसँग तेलका ठूला कुवाहरू नभएकाले यो वैश्विक सङ्कटको सामना गर्न वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। उनले नागरिकहरूलाई ’वर्क फ्रम होम’ जस्ता उपाय अपनाउन र मेट्रो रेल सुविधा भएका सहरमा सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गरेका छन् ।

इन्धनसँगै मोदीले देशको विदेशी मुद्रा सञ्चिति बचाउनका लागि सुनको खपतमा समेत नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । पहिलेका युद्धहरूमा मानिसहरूले सुन दान गर्ने गरेको स्मरण गर्दै उनले अहिले दानको आवश्यकता नभए पनि आगामी एक वर्षसम्म कुनै पनि कार्यक्रममा सुन खरिद नगर्ने सङ्कल्प लिन अपिल गरेका छन्।

सुन आयातमा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिने भएकाले देशहितका लागि आगामी एक वर्षसम्म सुन नकिन्न र दान नगर्न उनले आग्रह गरेका हुन् । सुनका लागि संसारकै सबभन्दा ठूलो बजार भारत हो । त्यहाँ गहनाका रूपमा ठूलो परिमाणको सुन खपत हुन्छ। त्यस्तै, भारतीय जीवनशैलीको खानपानमा तेलको प्रयोग पनि अत्यधिक हुन्छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले भारतीयहरूको जीवनशैलीमै असर पर्ने गरी सुन नकिन्न र तेल खपत घटाउन किन आह्वान गरे भन्ने अहिले चासोको विषय बनेको छ । यसका पछाडि पछिल्लो समय आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतमा ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा चाप पर्नु प्रमुख कारण रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मोदीले इन्धन बचाउनका लागि अनावश्यक सवारी साधनको प्रयोग नगर्न, सम्भव भएसम्म कार पुलिङ गर्न र धेरैभन्दा धेरै मानिस एउटै सवारीमा यात्रा गर्न सुझाव दिएका छन्। यसैगरी उनले खाद्य तेलको खपतमा समेत केही कमी ल्याउन परिवारहरूलाई अनुरोध गरेका छन्। खाने तेलको प्रयोग घटाउँदा एकातिर विदेशी मुद्रा बचत हुने र अर्कोतिर मानिसको स्वास्थ्य पनि राम्रो हुने उनको तर्क छ ।

कृषि क्षेत्रको प्रसङ्गमा बोल्दै मोदीले रासायनिक मलको खपत आधा घटाउने लक्ष्य राख्नुपर्ने र तीव्र रूपमा प्राकृतिक खेतीतर्फ अघि बढ्नुपर्ने बताएका छन् । यसका साथै विश्वव्यापी आर्थिक दबाब र महँगो इन्धनका कारण भारतमा बढ्दो आर्थिक बोझलाई कम गर्न विवाह, बिदा वा अन्य कुनै पनि बहानामा गरिने विदेश भ्रमणहरू केही समयका लागि टार्न उनले आग्रह गरेका छन् ।

वैश्विक सङ्कटका बेला यी साना प्रयासहरूले देशको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भारतीय राष्ट्रिय कंग्रेसले भने आलोचना गरेको छ । कंग्रेस महासचिव केसी वेणुगोपालले सरकारले जनतालाई नै बोझ थोपार्न खोजिरहेको आरोप लगाए ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ’विश्वव्यापी संकटबाट अर्थतन्त्र जोगाउन ठोस योजना ल्याउनुको सट्टा आम नागरिकलाई नै कठिनाइमा पार्ने काम भइरहेको छ, जुन गैरजिम्मेवार र अनैतिक हो।’ उनले ऊर्जा सुरक्षाका लागि पर्याप्त तयारी नगरेको भन्दै सरकारको आलोचना गरे ।

पछिल्लो समय इरान, अमेरिका र इसराइलबीचको तनावका कारण विश्व अर्थतन्त्रमा अस्थिरता बढेको छ । यसको प्रभाव कच्चा तेल, सेयर बजार, मुद्रा र सुन–चाँदीमा देखिएको छ । सन् २०२५ मा सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। भू–राजनीतिक तनाव बढेसँगै लगानीकर्ताहरू जोखिमपूर्ण क्षेत्रबाट हटेर सुनजस्ता परम्परागत सुरक्षित सम्पत्तिमा लगानी गर्न थालेका छन् ।

Advertisement

त्यस्तै, डोनाल्ड ट्रम्प का नीतिहरू र अन्तर्राष्ट्रिय घटनाक्रमले पनि बजारमा अस्थिरता ल्याएको विश्लेषण गरिएको छ । केन्द्रीय बैंकहरूले पनि पछिल्ला वर्षहरूमा सुनको खरिद बढाएका छन्। चीन, पोल्यान्ड, टर्कीए, भारत र कजाकिस्तान जस्ता देशले आफ्नो रिजर्भमा सुनको हिस्सा बढाउँदै लगेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकी डलरको प्रभुत्व घट्दै जाँदा सुनप्रतिको निर्भरता बढ्दै गएको छ, जसले यसको मूल्य अझै माथि धकेलिरहेको छ ।

Advertisement

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

सम्बन्धित खबरहरु

Scroll to Top