×

NEPAL TIMES UPDATES

Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-13-2082 || Nepal Times
Mar 27, 2026
Playing
बालेन मधेसी प्रधानमन्त्री कि नेशनल आइकन ? || Nepal Times
Mar 27, 2026
Playing
“खेलमा खेलाडी, राजनीतिमा नेता” – मन्त्री सस्मित पोखरेलको स्पष्ट सन्देश|| Nepal Times
Mar 27, 2026
Playing
कानुन मन्त्री सोविताले पहिलो निर्णय के गरिन् ?|| Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजश्व अनुसन्धान विभाग खारेज प्रक्रिया सुरु|| Nepal Times
Mar 27, 2026
Playing
बालेन सरकारका पहिलो ४ निर्णयहरु के के हुन् ? || Nepal Times
Mar 27, 2026
Playing
पहिलो दिननै बालेन व्यस्त, प्रशासन सतर्क, बधाईको ओइरो|| Nepal Times
Mar 27, 2026

खाद्य कम्पनीले २० दिनमै बेच्यो साढे ३८ लाखको चामल

२० आश्विन २०७८

२० असोज, काठमाडौं ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ।

Advertisement

यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो। जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार यो वर्ष कम्पनीले सहुलियत पसलमा ८ थरिका चामल बिक्रीका लागि राखेको छ। जसमध्ये स्टिम जिरा मसिनो चामलको बिक्री सबैभन्दा बढी छ। कम्पनीले काठमाडौ‌ उपत्यकामा रहेका चारवटा बिक्री कक्षसँगै अनलाइनमार्फत् समेत खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ।

त्यस्तै तीन सय ४१ किलो कर्णालीको सिमी, २७२ किलो क्वाँटी, १९९ किलो मुग खोस्टा दाल, दुई हजार ६९५ किलो रहर दाल, तीन हजार ३५७ किलो मुसुरो दाल र तीन हजार ६५२ किलो मासको दाल बिक्री भएको न्यौपानेले जानकारी दिइन्।

यसैगरी, एक हजार २७५ किलो तीते फापर, सात ५२ किलो आयो नून, ५४२ किलो गहुँ, एक हजार २०० किलो चिनी र एक हजार ३७८ किलो आँटा बिक्री गरेको कम्पनीले जनाएको छ।

दुई हजार ८४७ लिटर सूर्यमुखी तेल, एक हजार २४९ लिटर तोरीको तेल, चार हजार १८६ लिटर भटमास तेल र आठ हजार २९२ लिटर डीडीसीको घ्यू बिक्री भएको कम्पनीले छ।

कम्पनीले दशैंका लागि प्रतिकिलो खसी तथा बोकामा दश रुपैयाँ छुट दिएको छ। यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा पाँच रुपैयाँ तथा भटमासको तेल र सिमीमा १० रुपैयाँ छुट दिएको छ।

शनिबारदेखि खसीबोका बिक्री

शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ। ’हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि नै बिक्री गछौँ,’ सूचना अधिकारी न्यौपानेले भनिन्।

कम्पनीले यस वर्षको दशैंका लागि मुस्ताङबाट च्याङ्ग्रा नल्याएपछि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने जनाएको छ। दुई जिल्लामा खसीबोका खरिद भएपनि काठमाडौंमा कतीमा बिक्री गर्ने भन्ने मूल्य निर्धारण भइनसकेको जनाइएको छ।

Advertisement

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top