Nepal Times
Nepal Times
3
Shares

पर्यटनको महत्व बोकेको पनौति नगरपालिका, यी हुन् घुम्नैपर्ने ठाउँ

पर्यटनको महत्व बोकेको पनौति नगरपालिका, यी हुन् घुम्नैपर्ने ठाउँ

२० असाेज, काठमाडाैँ ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ ।बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो ।

नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ । मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ ।

साहसीक पर्यटनका लागि पनि पनौति उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतिमा मनोरञ्जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ ।

पनौति–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्याण्ड ट्रेक), साँगा–पनौति हाएक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरीपरी),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रट, सामुदायिक र नीजि होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधिहरु हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.