जिब्रो चिप्लिएको भन्दै सलोनले माफी मागे

२३ असोज ७८, आइतबार

२४ असोज, काठमाडौं ।

केही साताअघि शोभित बस्नेतले महानायक विवाद फेरि उत्कर्षमा पु¥याएका थिए।

उनले निर्देशन गरेको तथा सलोन बस्नेत मुख्य भूमिकामा रहेको फिल्म ‘डाँडाको वरपिपल’को एक कार्यक्रममा शोभितले राजेश हमाल महानायक नभएको र भुवन केसी असली महानायक भएको बताएका थिए। पछि उक्त विवादले आफैंलाई घाटा हुने संकेत पाएपछि शोभितले माफी पनि मागे।

Advertisement

महानायक विवादले शोभितलाई मात्रै होइन्, पूरै फिल्मलाई नै घाटामा पु¥यायो। त्यत्तिकैमा सलोनले अर्को विवाद सिर्जना गरे। उनले केही दिनअघि एक भिडियोमा बोल्दै, ‘मलाई महानायकको परिभाषा थाहा थिएन।’ सलोनको अभिव्यक्तिका कारण उनी फेरि विवादमा तानिए। चौतर्फी रुपमा उनको आलोचना भयो।

लगातारको विवादका कारण फिल्म छायाँमा परिरहँदा सलोनले पनि सामाजिक सञ्जालमार्फत माफस् मागेका छन्।

Advertisement

आइतबार बिहान उनले आफ्नो फेसबुकमार्फत आफू अलमलिएकाले माफी दिन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘माफ गरिदिनुस् नेपाली जनता। समयको बिडम्बना थियो। म अल्मलिएको थिएँ र बुझ्न सकिनँ।’

आफ्नो हुर्काइ काठमाडौंमै भएकाले धेरै कुरा बुझ्न नसकेको उनले उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान् व्यक्तिले ‘नेपाली बाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइदिनु भयो।

कर्म नाम सिनेमामा काम गर्दा आफ्नो बुँदा हुँदाहुँदै अर्का महान् हस्तीका लागि आफ्नो शिर मुण्डन गर्नुभयो र सिनेमाका लागि त्याग र महत्त्व बुझाउनुभयो।’

सलोनले आफू हडबडाहटमा बोल्न नजानेको बताएका छन्। आफूले सिनेकेको कुरा यस्तै भएकाले शब्द छनोट गलत भएको उनले लेखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top