ईश्वर पोखरेल भन्छन्– अदालतले राजनीति गर्ने होइन

२४ असोज, काठमाडौं ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अदालतले अदालत जस्तो हुनुपर्ने भन्दै राजनीतिक गर्न नहुने बताएका छन्।

आइतबार बिहान विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुसँग दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

Advertisement

‘अदालत सम्मानित ठाउँ हो तर अहिले त्यहाँ के के मञ्चन भइरहेको त्यो सबैले देखेका छौं, ’उनले भने, ‘अदालतले अदालत जस्तो हुनुपर्छ। राजनीति गर्ने होइन।’ संविधान अनुसार र राजनीतिक दल सम्बन्धी हेक्का राखेर अदालत चल्नुपर्ने पोखरेलको भनाइ छ।

उनले अहिले मुलुक अलमलमा परेको अवस्था रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प हुने बताए। ‘अहिलेको जस्तो अलमलले अघि बढ्दैन भनेर नै संसद विघटन गरिएको हो।

ताजा जनादेशमा जानु नै मुलुकको हितमा छ,’ उनले भने, ‘जति धेरै गन्जागोल हुन्छ मुलुकले दुःख पाउँछ जति छिटो ताजा जनादेशमै जानुपर्छ।’

नेतृत्वको विषयमा नेकपा एमालेका सबै नेताहरु जिम्मेवारी निर्वाह गर्न तयार रहेको भन्दै उनले आफूले परिस्थिति,आवश्यकता र देशभरका नेता कार्यकर्ताको मागअनुसार अघि बढ्ने बताए।

‘म आफै पनि जुनसुकै जिम्मेवारी निर्वाह गर्न सक्छु। केपी ओलीले नेतृत्व गरेको पोल अहिले बलियो हुनु जरुरी छ,’ उनले भने, ‘म तेस्रो पटक महासचिव हुँदिन विधानले पनि दिदैन र व्यक्तिगत इच्छा पनि छैन।’

महासचिव पोखरेलले निर्वाचनको घोषणा पत्रमा प्रतिबद्धता र सरकार गठन भइसकेपछि नीति तथा कार्यक्रमको वस्तुनिष्ठ समिक्षा गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरे । सरकारमा नरहेको अवस्थामा जनता र जनजीविकाका कामहरु अघि बढाउन सरकारलाई दबाव दिइने बताए।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top