कञ्चनपुरमा चाडपर्व लक्षित सुरक्षाा योजना लागू

२३ असोज ७८, आइतबार

२४ असोज, कञ्चनपुर।

चाडपर्वका बेलामा जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बजारदेखि गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारीरूपमा परिचालन गरिएको र अवाञ्छित गतिविधि हुनसक्ने संवेदनशील क्षेत्र पहिचान गरी सादा पोशाकका प्रहरीलाई पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

Advertisement

‘आम नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिनका लागि प्रदेशबाट थप जनशिक्त ल्याएर परिचालन गरेका छौँ’, उनले भने, ‘चौबीसै घण्टा प्रहरीको टोली परिचालित छ ।’ जुवातास र अवैधरूपले ल्याइएका मदिराको कारोबार रोक्नका लागिसमेत सक्रिय भएर काम गरिरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गमा सुरक्षित यात्राका लागिसमेत प्रहरी टोली परिचालन गरेर यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउने, बढी भाडा लिनेलाई निरुत्साहित गर्नाका साथै मापसे जाँच पनि भइरहेको उनको भनाइ थियो ।

Advertisement

मातहतका प्रहरी युनिटमा नागरिक सहायता कक्ष सञ्चालन गरी नागरिकका गुनासा तथा उजुरीका आधारमा कारबाही गर्न थालिएको र सवारी दुर्घटना न्यूनीकरणका लागि समेत प्रहरीले चालकलाई सचेत पार्दै आएको छ ।

दशैँ, तिहार र छठपर्वका बेला विगतको तुलनामा पैदल, गाडी र सादा पोशाकमा प्रहरीलाई परिचालन गरी शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ थियो ।

‘सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको व्यवस्था गरी जाँचलाई अगाडि बढाएका छौँ’, उनले भने, ‘गड्डाचौकी र त्रिनगर सीमानाकामा कुकुरसहितका प्रहरीको टोली परिचालन गरिएको छ ।’

भारतबाट अबैधरूपमा ल्याइने विष्फोटक पदार्थ, हातहतियारलगायत सामग्री भित्रिन नदिन सीमा क्षेत्रमा कुकुरसहितको टोली परिचालन गरिएको र बैंक तथा वित्तीय संस्था र सुन–चाँदी पसलको सुरक्षाका लागि सम्बन्धित निकायलाई सचेत पारिएका प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

‘सिसीटिभीको व्यवस्थासँगै सुरक्षाको बलियो प्रबन्ध गर्नका लागि बैंक तथा वित्तीय संस्था र सुन, चाँदी पसल सञ्चालकलाई यसअघि नै आग्रह गरेका छौँ’, उनले भने, ‘प्रहरीले पनि ती क्षेत्रमा विशेष निगरानी राख्ने काम गरिरहेको छ । सार्वजनिक सङ्घसंस्थाको सुरक्षाका लागि समेत प्रहरीको टोलीले काम गरिरहेको छ ।’

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top