आजबाट देशैभरिका यातायात कार्यालयमा लाइसेन्स आवेदन खुल्यो

१३ साउन ७५, आइतबार
Share this
695shares

विराटनगर, साउन १३
गत जेठदेखि रोकिएको सवारी चालक अनुमति पत्रको लागि आवेदन लिने कार्य आजैबाट खुलेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै लाइसेन्सका लागि आवेदन खुल्ला गरिएको जनाएको हो ।

Advertisement

विभागका अनुसार आजैदेखि दशैभरिका यातायात कार्यालयहरुमा सवारी चालक अनुमति पत्रको लागि अनलाइन आवेदन भर्ने कार्य खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागले फेल भएकाहरुलाई रि ट्रायलको मौका दिनको लागि गत २१ जेठमा विभागले सूचना जारी देशैभरि सवारी चालक अनुमति पत्रको लागि आवेदन दिने प्रक्रिया रोकिएको जनाएको थियो ।

Advertisement

विभागका अनुसार काठमाडौं उपत्यकाका, सानो भ¥याङ, चाबहिल, एकान्तकुना, पूर्वको मेचीको भद्रपुर, कोशीको इटहरी, नारायणीको बीरगन्ज, जनकपुर, लुम्बिनी, गण्डकीको पोखरा, धौलागिरी, राप्ती, सेती र महाकाली सवारी चालक अनुमति पत्र दिने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top