चितुवाको आक्रमण बढेपछि रातको समयमा घरगोठ उज्यालो राख्न आग्रह

२७ असोज ७८, बिहीबार

२८ असोज, तनहुँ ।
विगत केही वर्षयता जिल्लामा चितुवाको आतङ्क छ।

Advertisement

बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ।

“एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्नसक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ”, डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “घरगोठ बलियो पारौं, झाडी सफा गरौं, बिहान साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घर बाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौ।”

Advertisement

मृग वन कुखुरालगायत वन्यजन्तुको शिकार गर्दा आहाराको अभाव भई चितुवाले मानिसको शिकार गर्ने गरेको उल्लेख गर्दै उनले बताए, “वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ।”

विसं २०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका ११ बालबालिकाले ज्यान गुमाएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top