१७ कार्तिक , काठमाण्डौ ।
आज विहान सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएका हुन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर दुर्घटनामा परेका हुन् । यी हेली फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी आएको र त्यसबारे थप बुझ्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।
आज विहान सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फेरिचेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको हो । बिहान अन्दाजी सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताएका छन् ।
उनका अनुसार ल्यान्डिङ गर्नेक्रममा फिसटेल एयर र एयर डाइनास्टीको हेलिकप्टर पल्टिएको हो । ‘लुक्ला भन्दा माथि फेरिचे भन्ने ठाउँमा ल्यान्डिङको क्रममा दुई वटा हेलिकप्टरको विंग्स छोएर पल्टिएको हो,’ उनले भने । घटनाबारे थप बुझ्न लुक्लाबाट प्राधिकरणको टोली पनि दुर्घटनास्थलतर्फ पुग्दै गरेका जानकारी हामीलाई प्राप्त भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ पर्ने उक्त ठाउँमा हेलिकप्टर दुर्घटना भएपछि नजिकैको अस्थायी प्रहरी परिचालन भएको पनि प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिएका छन् । उनले एक जना विदेशी नागरिकको मृत्युको खबर प्राप्त गरेको पनि बताएका छन् ।
दुर्घटनामा अर्का एक घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धारको काम भइरहेको छ । ‘एक जना विदेशी नागरिकको मृत्यु भएको खबर पनि प्राप्त भएको छ। अर्का घाइतेको प्रभुको हेलिकप्टरबाट उद्धार भइरहेको भन्ने खबर छ। पहिचान खुलिसकेको छैन,’ उनले भने । यसको थप विवरण आउन बाँकी नै छ ।
तर प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो । मृतक कुन देशका नागरिक हुन भन्ने अहिलेसम्म पहिचान नखुलेको प्रमुख जिल्ला अधिकारी थापा मगरले जानकारी दिए ।
एक जना घाइते भएका छन् । घाइतेको प्रभु ऐयरको हेलिकोप्टरबाट रेस्क्यु गरिएको थापा मगरले बताए । उनलाई लुक्लामा रहेको अस्पतालमा पु¥याइएको छ । दुई हेलिकोप्टर ल्याण्डिङ गर्ने क्रममा पङ्खा ठोकिएर दुर्घटना भएको भनिएको छ ।



