१७ कार्तिक , काठमाण्डौ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै दोस्रो जित दर्ता ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्याे ।

सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए।
यस्तै इशान पाण्डेले २५, अविजित रहेका शेरफन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ रन बनाए।
चितवनका रञ्जित कुमारले तीन तथा रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।
चितवनका कप्तान रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे।
उनी अर्धशतक बनाउन एक रनले चुके।
डेभिड मलानले १६, अर्जुन साउदले १५, विवेक यादवले १५ र शिकन्दर राजाले १५ रन बनाए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता



