१७ कार्तिक , काठमाण्डौ ।
बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश ।
भारतको मौसम विभागका अनुसार बिहान ४ बजेसम्म चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको र उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बीचमा अवतरण ।

चक्रवातका कारण आन्ध्र प्रदेशका तटीय क्षेत्रमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको उल्लेख ।
खराब मौसमका कारण आन्ध्र प्रदेशका तीन विमानस्थलबाट हुने १९ उडान रद्द गरिएका छन्।
त्यस्तै, चेन्नई विमानस्थलका ११ उडान पनि रद्द ।
चक्रवातबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पाँच राज्यमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का ३७ टोली परिचालन ।
तीमध्ये १३ टोली आन्ध्र प्रदेशमा खटिएका छन्।
ओडिसा सरकारले गंजम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाबाट एक लाख ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको भारतीय संचारमाध्यामहरुको भनाइ ।
चक्रवातले मध्य प्रदेश, छत्तीसगढ, केरला, तेलंगाना, कर्नाटक र महाराष्ट्रमा समेत असर पार्न सक्ने अनुमान ।
यता, मुरासु चक्रवातले नेपालमा कस्तो असर पार्छ भन्नेबारे मौसम पूर्वानुमान महाशाखाले नयाँ जानकारी सार्वजनिक गरेको छैन।
यसअघि आइतबार साँझ जारी विशेष मौसम बुलेटिनमा हालसम्मको विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको जनाएको थियो।



