कस्तो रहनेछ आज दिनभरको मौसम ?

१७ कात्तिक २०८३, मंगलबार
Share this
747shares

१७ कार्तिक , काठमाण्डौ ।

Advertisement

हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रहेको छ भने विभिन्न स्थानमा हुस्सु तथा कुहिरो लाग्यो ।

Advertisement

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना ।

त्यस्तै, आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने ।

आगामी चार दिनका लागि कुनै मौसमी चेतावनी नरहेपनि मौसममा हुन सक्ने परिवर्तनबारे सचेत रहन सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई नियमित रूपमा मौसमी सूचना र पूर्वानुमान हेर्न महाशाखाको अनुरोध।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top