१७ कार्तिक , काठमाण्डौ ।
उत्तर कोरियाद्वारा क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कीर्तिमानी ह्याकिङमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार ।
उत्तर कोरियाले उक्त आरोपलाई निरर्थक अभिव्यक्ति भन्दै गर्यो खण्डन ।

उत्तर कोरियाली नेता किम जोङ उनका बहिनी तथा उच्च सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त आरोप अमेरिकाले प्योङयाङको अन्तर्राष्ट्रिय छवि बिगार्ने उद्देश्यले लगाएको अर्को दुर्भावनापूर्ण प्रयास भएको दाबी ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई), सेक्रेट सर्भिस तथा साइबर सुरक्षा विश्लेषकहरूले बाइनान्समा भएको उक्त ह्याकिङ उत्तर कोरियाले गराएको दाबी गर्दै यसलाई हालसम्मकै ठूलो क्रिप्टोकरेन्सी ह्याकिङ घटनाका रूपमा वर्णन ।
तर किम यो जोङले विज्ञप्ति जारी गर्दै अमेरिकाले उत्तर कोरियालाई साइबर अपराधसँग जोड्ने पुरानै आरोप दोहो¥याएको उल्लेख ।
विश्वका विभिन्न क्षेत्रमा हुने सबै साइबर अपराध उत्तर कोरियाले नै गरेको जस्तो भ्रामक प्रचार गरेर अमेरिकाले अन्तर्राष्ट्रिय जनमतलाई प्रभावित पार्न खोज्नु उत्तर कोरियाविरुद्धको गम्भीर राजनीतिक उक्साहट भएको आरोप ।



