ठडिँदै माछापुच्छ्रेको ‘सिंहदरबार’

२७ असोज ७८, बिहीबार

२८ असोज, कास्की ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ।

Advertisement

स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिंहदरबार’तयार हुने भएको हो। पाँच स्थानीय तह रहेको जिल्लामा माछापुच्छ्रेको मात्र प्रशासनिक भवन निर्माण भइरहेको छ।

कतै भवन निर्माणका लागि जमिन अभाव त कतै केन्द्रको विवाद टुंगो लाग्न नसक्दा स्थानीय तह गठन भएर जनप्रतिनिधि आएको पहिलो कार्यकालमा चार स्थानीय तहले प्रशासनिक भवन बनाउन सकेका छैनन्।

Advertisement

माछापुच्छ्रेले गाउँपालिकाको केन्द्र( ४ लाहाचोकस्थित सानोपाटन (साहुथर)मा १० रोपनी क्षेत्रफलको जमिनमा रु। ६ करोड ६२ लाख ११ हजार नौ सय ६ को लागतमा बनाउँदै गरेको भवन अहिले निर्माणको अन्तिम चरणको पुगेको छ।

हाल गाउँपालिकाको प्रशासनिक कार्य साबिक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर सञ्चालन हुँदै आएको छ। प्रशासनिक भवनको स्ट्रक्चरको काम सकिएर अहिले रंगरोगन र वायरिङ सुरु गरिएको गाउँपालिकाका सबइन्जिनियर राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार समग्रमा ८५ प्रतिशत काम सकिएको छ।

Advertisement

आगामी मंसिरभित्रमा सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने योजना छ। उनले भने, ‘प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको कम्पाउन्डको केही भाग, पार्किङ र रंगरोगनबाहेक अन्य काम सकिएको छ।’(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top