अबको केही दिन चट्याङ्ग र हावाहुरीसहित ठूलो वर्षाको सम्भावना

२९ असोज ७८, शनिबार

३० असोज, काठमाडौं ।
केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि अबको एक–दुई दिन अधिकाँश ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार भोलिदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आजदेखि नै नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताइन्।

आज प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि भने प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने र कर्णाली प्रदेशका केही ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् कँडेलले बताइन् ।

Advertisement

उनका अनुसार केही ठाउँमा भोलिदेखि केही दिन मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित ठूलो वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ । मौसमविद्ले यो समयमा खेतिपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top