दुर्गा प्रसाईलाई कारवाही गर्न प्रदेश सांसदको माग

दुर्गा प्रसाईलाई कारवाही गर्न प्रदेश सांसदको माग

विराटनगर, साउन १४
एक नम्बर प्रदेशका सांसदहरुले बंगलादेशमा अध्ययन गर्न गएका चेलीहरुको चरित्र हत्या हुनेगरी टिप्पणी गरेको भन्दै दुर्गा प्रसाईंलाई कारबाही गर्न माग गरेका छन ।

सोमबार बसेको प्रदेश संसदको बैठकमा सांसद ज्योति सुब्बाले चेलीहरुको चरित्र हत्याहुने गरी टिप्पणी गर्ने प्रसाईलाई तत्काल कारवाही गर्न माग गरेकी हुन ।

यस्तै एक नम्बर प्रदेशका सांसदहरुले बजारमा कालोबजारी मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको बैठकको शून्य समयमा आफ्ना कुरा राख्दै सांसद शान्ता पौडेलले बजारमा कालोबजारी मौलाएको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन् ।

चाडवाड नजिकिएसँगै बजारमा अखाद्य वस्तुको विक्रि वितरण समेत बढेको बताउँदै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग गरिन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.