प्रतिकूल मौसमका कारण शे-फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

१ कात्तिक ७८, मंगलबार

२ कार्तिक, जाजरकोट ।

प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।

निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाको फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताए ।

Advertisement

मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण हवाई उडान प्रभावित बनेको जुफाल विमानस्थलको कार्यालयले जनाएको छ । अहिले आन्तरिक तथा बाह्य पर्यटकका कारण होटल भरिभराउ भएका छन् । स्थल मार्गबाट डोल्पा पुग्ने पर्यटकको मुख्य रोजाइँ शे फोक्सुण्डो, जुफाल र उपल्लो डोल्पाको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल पर्दै आएका छन् । दैनिक ४० भन्दा बढी पर्यटकलाई आफूले होटलमा व्यवस्थापन गर्दै आएको सञ्चालक डाँगीले बताए ।

यो मौसम डोल्पा घुम्नका लागि सबैभन्दा उत्कृष्ट रहेको उनले बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाडका अनुसार दिनमा १०० भन्दा बढी पर्यटक फोक्सुण्डो तालतिर जाने गरेका छन् । मङ्सिरदेखि हिमपात सुरु हुने भएकाले अहिले समयमा उपल्लो डोल्पामा घुम्ने पर्यटकका लागि उपयुक्त समय मानिन्छ ।रासस

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top