मोरङबाट २६ हजयात्रीको बिदाई

विराटनगर, साउन १५
मोरङबाट यसबर्ष २६ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन । काठमाडौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई मंगलबार विराटनगरबाट विदाई गरिएको छ ।

कौमी एकता समाज नेपालले सम्मान तथा विदाई कार्यक्रमको आयोजनागर्दै हजयात्रीलाई विदाई गरेको हो । प्रदेश सभा सदस्य जयराम यादव,कौमी एकता समाजका अध्यक्ष इर्साद अंसारी र उपाध्यक्ष मोहम्मद नसरुलले उनीहरुलाई फुलमालासहित शुभकामना प्रदानगर्दै विदाइ गरे ।

मोरङबाट १४ पुरुष र १२ जना महिलागरी २६ जना हजयात्री साउदी अरब जान काठमाडौं गएका छन । साउन १७ गते हजयात्रीले त्यहांबाट प्रस्थान गर्ने तालिका छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले पाबिधिक संयोजन गरिरहेको छ । इस्लामधर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ ।

प्रत्येक मुसलमानको जीवनसंग हज धार्मिक एवम् ठूलो पुण्यप्राप्ति हुने, जीवनको सफलतासंग गांसिएको हुन्छ । हजयात्रामा गएका तीर्थालुहरुले बकर इदको दुईदिन अगाडि साउदी अरबको मक्कादेखि पांच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउंछन् भने बांकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउंछन । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

यी हुन इस्लाम धर्मका पाँच आधार स्तम्भ
१. शहादा ( अल्लाह बाहेक कसैलाई पुजा गर्नुहुँदैन र पैगम्मर मोहम्मद प्रतिमात्र विश्वास राख्नुपर्छ)
२. सलात अर्थात नमाज ( दैनिक ५ पटक नामज पढ्नैपर्छ)
३. सौम अर्थात रोजा( रमजानको महिनामा सुर्यादय पश्चात र सुर्यास्त अघि दिनभर निराहार ब्रत बस्नु)
४. जकात(सक्षमले गरिब तथा असाहयलाई दान गर्नु)
५.हज

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top