विराटनगर, साउन १५
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले नेपाली युवा श्रमिकको लागि चाडै मलेसियामा रोजगारी खुला गरिने बताएका छन ।
उनले नेपाली नठगिउन र सुरक्षित रोजगारी होस भन्नका लागि केही समय मेलेसियाको रोजगारीमा जान रोक लगाइएको पनि बताए । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसंग कुरागर्दै मन्त्री विष्टले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधारगर्न मलेसिया सरकार समेत गंभीर भएकोले अब दुई देशवीच सहमति कायम गरी नेपाली श्रमिककालागि मलेसिया जान खुला गरिने बताए ।
उनले दशकौदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने वताउदै वर्तमान सरकार विदेश काम गर्ने नेपाली युवा कुनै किसिमले नठगिउन भन्ने उद्दश्यले कार्य गरिरहेको प्रष्ट पारे ।
मन्त्री बिष्टले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समस्या समाधान गर्न सरकार कटिवद्ध रहेको वताउदै शिक्षा, रोजगार,स्वास्थ्य आवास जस्ता जनताको मौलिक अधिकारलाई सरकार कानून निर्माण गरी प्रत्याभुत गर्ने बताए । उनले वर्तमान अवस्थामा विश्वका १ सय ७१ राष्ट्रमा नेपाली युवाहरु कामकालागि पुगेको जानकारी दिए ।