×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

भूमि आयोगले पाएन पूर्णता

६ कार्तिक २०७८

काठमाडौं: सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सामधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकम्बासी आयोग) दुई महिनादेखि दुई जना मात्र पदाधिकारीको भरमा चलेको छ ।

गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो । त्यसको १० दिनपछि सरकारले राष्ट्रिय भूमि आयोग गठन आदेश जारी गर्‍यो । भूमि आयोग गठन आदेश जारी भए गत्तै सरकारले भूमि आयोगमा दुई जना पदाधिकारी नियुक्त गर्‍यो । अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त गरिए ।

Advertisement
Advertisement

दुवै पदाधिकारीले शपथ पनि गरे। विभागीय मन्त्रीको हैसियततले प्रधानमन्त्री शेरबहादुर देउवाले निरौलालाई शपथ गराए । शपथ ग्रहण गरेलगत्तै निरौला र खड्काले पदभार ग्रहण गरे । उनीहरूले पदभार ग्रहण गरेको दुई महिना पूरा भएको छ । तर, दुई महिनाभन्दा लामो समयदेखि दुई जनाले मात्र आयोग चलाएका छन् ।

सोल्टीमोडस्थित आयोगको केन्द्रीय कार्याल यतिखेर सुनसान छ । अहिले आयोगका दुई पदाधिकारीको काम आयोगलाई पूर्णता दिन आग्रह गर्दै विभागीय मन्त्रीलाई भेट्नु मात्र भएको छ । आयोगले गर्नुपर्ने अन्य कार्यसम्पादन गर्न उनीहरू अलमलमा परेका छन् ।

ज्ञवाली आयोगले भर्ना गरेका २ सय ७२ कर्मचारी पनि भदौ मसान्तदेखि आयोगमा कार्यालयमा गएका छैनन् । उनीहरूलाई भदौ मसान्तसम्म मात्र बोलाइएको थियो । ती कर्मचारीहरूलाई पुनः आयोगमै काम दिने निर्णय भएको र उक्त निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था मन्त्रालयलाई चिठी लेखिएको आयोगका अध्यक्ष निरौलाले बताए । ‘मन्त्री ज्यूलाई भेटेरै आयोगलाई पूर्णता दिन आग्रह गरेका छौं,’ निरौलाले भने, ‘तर पदाधिकारी मनोनय गर्न ढिलो हुँदा काममा अलमल परेको छ ।’

सरकारले जारी गरेको राष्ट्रिय भूमि आयोगको गठन आदेशमा केन्द्रमा आयोग नौ सदस्यीय हुने भनिएको छ । तीमध्ये आठ पदाधिकारी मन्त्रालयस्तरीय निर्णयबाट मनोनीत हुने र मन्त्रालयका एक सहसचिवलाई आयोगको सदस्यसचिवमा मनोनयन गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ । आयोगको अध्यक्षको सुविधा राज्यमन्त्रीसरहको हुनेछ भने अन्य पदाधिकारीहरूको सुविधा सहसचिव सरहको हुने गठन आदेशमा व्यवस्था गरिएको छ ।

आयोगका अध्यक्ष निरौलाले देवी ज्ञवाली नेतृत्वको पुरानो आयोगले निकै ढिलासुस्ती काम गरेको आरोप लगाउँदै भने, ‘पुराना आयोगले गरेको झै हामीले पनि काम गर्ने हो भने १५ वर्षसम्म काम पूरा गर्न सक्दैनौं ।’ छिटोछरितो काम गर्ने आफ्नो उद्देश्य रहेको उनले बताए ।

केपी ओली नेतृत्व सरकारको पालामा राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमवासीहरूलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरिएको छ ।

त्यसका लागि अधिकार सम्पन्न भूमिसम्बन्धी आयोग गठन गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ। ऐन संशोधन भएपछि ओली सरकारले सुरुमा केन्द्रमा र पछि ७७ वटै जिल्ला समिति गठन गरेको थियो । यहाँसम्म कि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या नभएका विकट हिमाली जिल्लाहरूमा समेत जिल्ला समिति गठन गरिएका थिए । सत्तारुढ दलको सिफारिसमा केन्द्रमा तथा जिल्ला समितिमा पदाधिकारी मनोनयन गरिएका थिए ।

Advertisement

सरकारको नेतृत्व फेरिनेबित्तिकै पुरानो आयोग विघटन त भयो तर नयाँ गठन गरिएको आयोगलाई पूर्णता दिन नसक्दा आयोगले काम गर्न सकेको छैन । त्यसो त सुकुम्बासी समस्या सामधानकोनाममा आयोग गठन गर्ने काम २०१३ सालदेखि हुँदै आएको छ तर सुकम्बासी र अव्यवस्थित बसोबासीको समस्या भने जहाँको तहीं छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे हाे ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top