×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

पक्राउ परेका कार्यकर्ता छुटाउन राउतद्वारा भाटासहितको प्रदर्शन

६ कार्तिक २०७८

जनकपुरधाम: संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको जनकपुर कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहलाई कार्यालयमै कुटपिट गरी हिलो छ्यापेर अर्धनग्न बनाई नगर परिक्रमा गराएका थिए । त्यसक्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । तिनै कार्यकर्ताको रिहाइको माग गर्दै राउतको पार्टीले शुक्रबार जनकपुरमा प्रदर्शन गरेको हो ।

Advertisement
Advertisement

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध अपराधी प्रवेश र अपराधी उपद्रवको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । सो पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी संघका अध्यक्ष विजय यादव प्रहरी हिरासतमा छन् ।

यस्तै, नेताहरू सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेशरजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल पनि प्रहरीको नियन्त्रणमा छन् ।

प्रदर्शनमा सहभागी गराउन जनमत पार्टीले धनुषा, महोत्तरी, सर्लाही बारा, सिराहा, सप्तरीका गाउँगाउँबाट कार्यकर्ता जम्मा गरेको थियो । अधिकांश हातहातमा भाटा बोकेर प्रदर्शनमा सहभागी भएका थिए । स्थानीय प्रशासनले पनि सुरक्षा व्यवस्था कडा बनाएको थियो । धनुषा प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जिल्लामा कुनै प्रकारको हिंसात्मक घटना नहोस् भन्नेमा सुरक्षा निकाय सतर्क रहेको बताए ।

Advertisement

यस्तै, कुशवाहमाथि गरिएको दुव्र्यवहारको विरोधमा शुक्रबार कर्मचारीहरूले पनि जनकपुरधाममा प्रदर्शन गरेका छन् । नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेसी डेमोक्रेटिभ सोसाइटीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । उनीहरूले कुशवाहलाई न्याय दिन तथा सिके राउतलाई कारबाही गरी उनको इन्जिनियर दर्ता खारेज गर्न माग गर्दै प्लेकार्ड प्रदर्शन गरे ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top