आज देशभरका वडामा एमाले अधिवेशन

५ कात्तिक ७८, शनिबार

काठमाडौं : एमाले महाधिवेशन प्रक्रियामा होमिएको छ। एमालेले देशभरका ६ हजार सात सय ४५ वडामा शनिबार अधिवेशन गर्दैछ। स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न मातहतका सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्। कात्तिक २ देखि ४ गतेसम्म बसेका जिल्ला कमिटीका बैठकले वडा अधिवेशनमा प्रतिनिधि खटाएका हुन्। ६ हजार ७ सय ४५ वडामा शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

वडा, गाउँ र नगरमा अधिवेशन गरेर कांग्रेसले आफ्नो संगठन चलायमान बनाएसँगै एमालेले पनि अधिवेशन गर्न लागेको हो। एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा दसौं महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअगाडि वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गरिनेछ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको औपचारिक उद्घाटन गर्नुहुनेछ’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने। वडा अधिवेशन तथा नेतृत्व चयन विधिबारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइएको छ। वडापछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा अधिवेशन उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी मिलाएको छ। केन्द्रीय कार्यालयमा तयार वार रुमबाट भर्चुअल उद्घाटन हुनेछ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top