देउवा-पौडल नै चाहँदैनन् तत्काल महाधिवेशन

५ कात्तिक ७८, शनिबार

काठमाडौं : कांग्रेस महाधिवेशन चौथोपटक सारिएको मिति (मंसिर ९ १३ ) मा पनि हुने सम्भावना करिब सकिएको छ । नेतृत्वले निर्धारित मितिमा महाधिवेशन गर्ने तदारुकता देखाएको छैन भने नेतृत्वमा जान प्रयासरत समूहले महाधिवेशनका लागि दबाब सिर्जना गरेको छैन ।

त्यही कारण सभापति शेरबहादुर देउवा र इतर समूहका प्रमुख नेता रामचन्द्र पौडेलले नै तत्काल महाधिवेशन नचाहेका त होइनन् भन्ने प्रश्न उब्जिएको छ । २०७२ फागुनमा ४ वर्षका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको कार्यकाल ५ वर्ष ७ महिनामा हिँडिरहेको छ ।

परिस्थितिले अहिले उनी प्रधानमन्त्री बनेका छन् । महाधिवेशन गर्ने प्रमुख दायित्व भए पनि राज्य सक्ताको धपेडी र पार्टी सक्ताको स्वादले उनका लागि महाधिवेशन प्राथमिकतामा परेको छैन । ‘नेतृत्वमा जान हतारिनुपर्ने अन्य नेताहरु विशेषगरी रामचन्द्र पौडेल नै अहिलेको अवस्थामा महाधिवेशनमा जान चाहनुहुन्न,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘कुर्सीमा बसेको मान्छेलाई महाधिवेशनमा जान केको हतारो ?’

आचार्यले भनेझै देउवालाई महाधिवेशनमा जान हतार छै । उनले आगामी निर्वाचनबाट पुनः प्रधानमन्त्री बन्न चाहेका छन् । पार्टी नेतृत्व गुमाए उनका लागि प्रधानमन्त्री पद प्राप्ति निकै कठिन हुनेछ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top