सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, साउन १६
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसांसद कृष्णकुमार जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले शोक विज्ञप्तिमार्फत नेता जोशीको निधनको खबरले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलन र पार्टी संगठनमा जोशीले पु¥याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।

“उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु, साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

पूर्व केन्द्रीय सदस्य जोशीको मंगलबार काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । विसं २०३४ मा काँग्रेस बैतडी जिल्ला कार्यसमितिको सभापति रहेएका नेता जोशी २०४५ सालमा काँग्रेस केन्द्रीय सदस्य भएका थिए ।

विसं २०४८ को आम निर्वाचनमा काँग्रेसका तर्फबाट बैतडी निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका उनले लोकतन्त्र स्थापनाको संघर्षमा क्रियाशील रहँदा तीन वर्ष छ महिना जेल जीवनसमेत बिताएको काँग्रेसले जनाएको छ । उनका दुई छोरा र तीन छोरी छन् ।

Advertisement

पूर्वसांसद जोशीको पार्थिव शरीरलाई आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top