न्यूनतम वेतन प्रदान गर्न आलटाल गरे कारवाही : मन्त्री विष्ट

विराटनगर, साउन १६
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले न्यूनतम वेतन प्रदान गर्न विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताएक छन । विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विगतमा सरकारले तोकेको न्य्ुनतम बेतन नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो नहुने उनले प्रतिबद्धता व्यक्त गरे ।

औद्योगिक प्रतिष्ठानको वर्गिकरण गरी बैंक खाता खोल्ने समय सिमा तोकिएको बताउँदै उनले अब पनि न्यूनतम बेतन नदिएको गुनासा आए कारवाहि गरिने बताए ।

सरकारको निर्णयलाई कसैलेपनि कुनैपनि बाहानामा पालना नगर्ने छुट नपाउने बताउँदै उनले तोकिएको समयसीमा भित्र बैङ्किङ प्रणालि माफर्त श्रमिकहरुलाई न्युनतम बेतन उपलब्ध गराउनुुपर्ने उल्लेख गरे ।

Advertisement

सरकारले अबको केहि महिना भित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले तत्कालै मातृ स्वास्थ्य, रोजगार सुरक्षा, दुर्घटना सुरक्षा र बृद्ध अवस्था योजना लगायतका चार वटा योजनाहरु लागु गर्ने गृहकार्य गरिरहेको उनले बताए ।

नेपालको श्रमजिक जगतमा सामाजिक सुरक्षा कार्यक्रमले नयाँ प्रकारको सुरक्षाको प्रत्याभुति हुने उनले बताउनुभयो । कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले श्रमिकहरुले आफ्नो अधिकार संगसंगै आफु काम गर्ने औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमतामा बृद्धि गर्ने तर्फपनि ध्यान दिए ।

राजनितिक आन्दोलन र परिवर्तनमा मजदुरहरुको ठूलो योगदान रहेको बताउँदै उनले अब देशको आर्थिक श्रमृद्धिमा पनि मजदुरहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मजदुर नेताहरुले विगत वर्षमा जस्तै यस पटक पनि न्युनतम पारिश्रमिक कागजमा मात्रै सिमित हुने हो कि भन्दै आशंक व्यक्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top