बजार अनुगमनका क्रममा अखाद्य रङ र रसायन भेटिएपछि…

२१ कात्तिक २०८३, शनिबार
Share this
712shares

२१ कार्तिक , काठमाण्डौ ।

Advertisement

बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएका तीनवटा खाद्य वस्तु तत्काल बजारबाट फिर्ता गर्न नियामक निकायद्वारा आदेश जारी ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य उत्पादन फिर्ता लैजान र बिक्री वितरण तत्काल रोक्न सम्बन्धित उद्योगलाई दियो निर्देशन ।

Advertisement

महोत्तरीको बर्दिबास–११ मा सञ्चालित राधाकृष्ण नुडल्सले उत्पादन गरेका दुई उत्पादन मापदण्डविपरीत पाइएको विभागको भनाइ ।

सो उद्योगले १२ अगस्ट २०२६ मा उत्पादन गरेको ‘राधाकृष्ण’ ब्रान्डको ६०० ग्राम तौल भएको चाउमिन कलरमा नियमविपरीत कृत्रिम रङ मिसाइएको प्रयोगशाला परीक्षणमा पुष्टि ।

सोही उद्योगले सोही मितिमा उत्पादन गरेको राधाकृष्ण ब्रान्डकै ६०० ग्रामको मिक्स भेजिटेबल रेड ससमा पनि भेटियो कैफियत ।

उक्त ससमा खाद्य नियमावलीले तोकेको सीमाभन्दा बढी कृत्रिम रङ मिसाइएको पाइयो ।

यसका साथै नियमावलीको मापदण्डविपरीत हुने गरी खाद्य वस्तु सुरक्षित राख्न प्रयोग गरिने बेन्जोइक एसिड नामक रसायन अत्यधिक मात्रामा हालिएको फेला ।

यसैगरी, ललितपुर– २२ स्थित ग्रीन नेपाल एग्रो प्रालिले उत्पादन गरेको ७५० मिलिलिटरको ‘ड्रागन’ ब्रान्डको सोया ससमा पनि प्रतिबन्धित कृत्रिम रङ फेला ।

खाद्य नियमावली २०२७ विपरीत बनाइएका यी सम्पूर्ण ब्याचका उत्पादन तत्काल पसलहरूबाट फिर्ता लिन र बजारमा नपठाउन विभागको स्पष्ट निर्देशन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top