×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

पहिलो अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै नेपाल

१६ श्रावण २०७५

विराटनगर, साउन १६
नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आजको खेल पहिलो खेल हो ।

गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका लागि यो खेल इतिहास पनि हो । खेलमा राम्रो लय समाति रहेको नेपालले एकदिवसीय खेलमा पनि राम्रै प्रदर्शन रहने अपेक्षा गरिएको छ ।

Advertisement

गएको आइतबार नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो । नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ । पछिल्ला दिनहरुमा ब्याटिङ पनि सुध्रिदै गएको छ । यही क्रमलाई निरन्तरता दिँदै नेपालले प्रदर्शन गर्यो भने नेपालले जित हासिल गर्न सक्छ ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

नेपाली टोलीमा रहेका शक्ति गौचन, सन्दीप लामिछाने, बसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् भने नेपाली टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, अनिल शाहलाई ब्याटिङको जिम्मेवारी दिइने गरिएको छ ।

नेपाली टोलीको लामो समयको परिश्रम र प्रतीक्षापछि हासिल भएको सफलताका रुपमा यो एक दिवसीय खेललाई हेरिएको कप्तान पारस खड्काले प्रतिक्रिया दिएका छन् । खड्काले आईसीसीसँगको अन्तर्वार्तामा भनेका छन् ‘नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय खेल नयाँ यात्राको थालनी हो। यो स्तरको यात्रालाई निरन्तरता दिँदै टेस्टको मान्यता पाउने अबको लक्ष्य रहेको छ ।’

नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । नेदरल्याण्डको घरेलु मैदान भएकाले पनि उसलाई केही हदसम्म सजिलो हुने अपेक्षा छ ।

Advertisement

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top