टी–ट्वान्टी विश्वकप : भारत–पाकिस्तानबीचको खेल आज

७ कात्तिक ७८, आइतबार

७ कार्तिक, काठमाडौं ।

Advertisement

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज आइतबार दुई खेल हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज भारत–पाकिस्तान तथा श्रीलंका– बंगलादेशबीच प्रतिस्पर्धा हुँदे छ।

पहिलो चरणबाट सुपर १२मा प्रवेश गरेका श्रीलंका– बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दुबै टोली जित निकाल्दै सुखद सुरुवातको लक्ष्य साथ मैदान उत्रँदै छन्।

Advertisement

बहुचर्चित भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ।

भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेरसमेत हेर्ने गरिएको छ। दुबै टिमबीच आईसीसी र एसीसीका प्रतियोगिता बाहेक लामो समयदेखि कुनै सिरिज हुन सकेको छैन।

Advertisement

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top