विश्वभर आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै

६ कात्तिक ७८, आइतबार

७ कार्तिक, काठमाडौं ।

आइतबार संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात अक्टोबर २४ ।

आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ ।

युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना गराउन, विभिन्न प्रकारको रोगसँग जुध्नेलगायतका काम गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । विश्वहितको लागि काम गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न संस्था तथा निकायहरू रहेका छन् ।

अन्तर्राष्ट्रिय अपराध आयोग

हेगमा मुख्य कार्यालय रहेको यस आयोग युगोस्लाभियामा युद्ध अपराधका शंस्कास्पद व्यक्तिमाथि मुद्दा चलाउनको लागि स्थापना भएको थियो । अहिले यसले संसारभर भएको आपराधिक घटनाको अध्ययन तथा निक्र्योल गर्ने गर्दछ ।

युनिसेफ

युनिसेफले बालबालिकाको स्वास्थ्य, शिक्षा तथा सुरक्षाको क्षेत्रमा काम गर्ने गर्छ ।

युएनडिपी

यस संस्थाले गरिबीको क्षेत्रमा काम गर्छ ।

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलन

संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनले विश्व व्यापार, लगानी तथा विकासको मुद्दासँग सम्बन्धी रहेर काम गर्छ ।

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद्

यसले अन्तर्राष्ट्रिय स्तरमा आर्थिक तथा सामाजिक सहयोग गर्न तथा विकास कार्यक्रममा सहायता गर्ने काम गर्छ । साथै यो संस्था अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्नसमेत प्रयासरत रहेको छ ।

युनेस्को

पेरिसमा मुख्य कार्यालय रहेको यो संस्था शैक्षिक सांस्कृति तथा वैज्ञानिक ंसंगठन हो । शिक्षा, विज्ञान, संस्कृति तथा सञ्चारको विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

संयुक्त राष्ट्र राजदूत

जेनेभामा रहेको यस संस्थाले शरणार्थीको अधिकार सुनिश्चित गर्नुको साथै उनीहरूको कल्याणको क्षेत्रमा काम गर्ने गरेको छ ।

संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)

संयुक्त राष्ट्र पर्यावरण सुरक्षा (युएनईपी)को मुख्य काम विश्वको पर्यावरणको रक्षा गर्नु हो । यसको मुख्य कार्यालय नैरोबीमा रहेको छ ।

विश्व खाद्य कार्यक्रम

रोममा रहेको यस संस्थाले भोकमरी निवारणमा काम गर्छ । आवश्यक देशहरूमा यसले खाद्यान्न उपलब्ध गराउने गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)

संसारभर रहेका श्रमिकहरूको हितमा यस संस्थाले काम गर्ने गर्छ । मजदुर तथा श्रमिकको अधिकारलाई रक्षा गर्न यसले अन्तर्राष्ट्रिय मापदण्ड तथा नियमहरू बनाउने गर्दछ ।

खाद्य तथा कृषि संगठन

यो संयुक्त राष्ट्र संघको एउटा विशेष एजेन्सीको रूपमा रहेको छ । यसले भोकमरी निवारणको लागि अन्तर्राष्ट्रिय स्तरमा काम गर्दछ । यसले विश्वका १३० भन्दा बढी मुलुकमा काम गर्ने गर्दछ । इटलीको रोममा यसको प्रधानकार्यालय रहेको छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले विश्वभर रहेका परमाणु ऊर्जाको निगरनी गर्दछ । आणविक ऊर्जाको खोज तथा यसबाट हुनसक्ने जोखिमको रोकथामका लागि सन् १९५७ मा यस एजेन्सीको स्थापना गरिएको थियो । यसको मुख्य कार्यालय विएनामा रहेको छ । यस संस्थाले मुख्यतः परमाणु निगरानीको क्षेत्रमा काम गर्दछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन विश्वका १९३ देशको आर्थिक सहयोगमा संचालन भएको संस्था हो । विश्वव्यापी नागरिक उड्डयन प्रणालीको दिगो विकास हासिल गर्नु यसको मुख्य उद्देश्य हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन को लागी यसले ग्लोबल फोरमको रूपमा सेवा प्रदान गर्दछ ।

वर्ल्ड बैंक

विकासशील देशहरूका लागी धन र ज्ञानको सबैभन्दा ठूलो स्रोतहरूमध्यको एक वर्ल्ड बैंक हो ।

यस अन्तर्गत पाँच संस्थाहरू छन् । पुनर्निर्माण र विकासको लागि अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय विकास संघ, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी र लगानी विवादको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय केन्द्र । यी संस्थाहरूले गरिबी घटाउने, साझा समृद्धि बढाउने र दिगो विकासलाई प्रवद्र्धन गर्ने क्षेत्रमा काम गर्ने गरेको छ ।

विश्वका १९३ राष्ट्र सदस्य रहेका यस संस्थाले हाल विश्वभर १२ हजारभन्दा बढी परियोजना सञ्चालन गरेको छ भने करिब ४६ अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय जनस्वास्थ्यमा समन्वय गर्ने अधिकारको रूपमा काम गर्नुको साथै स्वास्थ्य, सरसफाइ र रोगहरूसँग सम्बन्धित क्षेत्रमा काम गर्दछ । साथै महामारीको समयमा संसारभर डब्लूएचओले नै मद्दत गर्ने गर्दछ ।

७ अप्रिल १९४६ मा यस संस्थाको स्थापना भएको थियो । विश्वका १९४ देश सदस्य रहेको यस संस्थाको मुख्य कार्यालय स्विट्जरल्याण्डको जेनेभामा छ । यीबाहेक पनि संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायहरू छन् ।

जे होस् विश्व समुदायलाई एक ढिक्का बनाई सधैँ र सबैको विकास गर्दै मानव जातिको रक्षा गर्नु नै संयुक्त राष्ट्र संघको प्रमुख उद्देश्य रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top