प्रदेश १ को विकास सरकारको अर्जुन दृष्टिमा

२१ साउन ७५, सोमबार
Share this
764shares

विराटनगर,साउन २१
प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेशको समृद्धिका निम्ति सरकारले अर्जुन दृष्टिका साथ काम गरिरहेको बताएका छन । विराटनगर पोखरियास्थित बिष्णुमाया पुस्तकालयको ५० औं साधारणसभा एवम स्वर्ण जयन्ति समारोहलाई आईतबार सम्बोधन गदै उनले यस्तो बताएका हुन ।

Advertisement

उनले दुई तिहाई सहित गठन भएको केन्द्रीय र प्रदेश सरकार राजनितिक उपलब्धिलाई संस्थागत गर्दै जनताको आर्थिक समृद्धिको चाहना पूरागर्न लागि परेको बताए । उनले पूर्वको कम्युनिष्ट आन्दोलनमा बिष्णुमाया पुस्तकालयको अग्रणी योगदान रहेको चर्चा समेत गरे । मन्त्री आङबोले पुस्तकालयको भौतिक विकासगर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुस्तकालय प्राङणको सतह निर्माण गर्न महानगरपालिकाले १० लाख रुपैया बजेट उपलब्ध गराउने घोषणा गरेका छन । यसअघि भएको कार्यक्रममा पुस्तकालयको स्वर्ण जयन्तिको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top