Nepal Times
Nepal Times
3
Shares

दश महिनामा नेपाल भित्रिएका मध्ये अमेरिकी पर्यटक धेरै

दश महिनामा नेपाल भित्रिएका मध्ये अमेरिकी पर्यटक धेरै

२१ कार्तिक, काठमाडौं ।

यस वर्षको जनवरीदेखि हालसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका थिए जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् ।

खुल्ला सीमाका कारण भारतीय पर्यटकको तथ्याङक बढी भएपनि गुणस्तरीय पर्यटक भने चीन र बेलायतबाट समेत उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन् ।

कोरोना भाइरस संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बृद्धि हुँदै गएको छ ।

अक्टोवरमा २३ हजार २८४ जना र सेक्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङक अनुसार यस अघि जुलाइ महिनामा दुई हजार ९९१ आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.