साउन २१ : तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ ।गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान समेत दिने घोषणा गरेको छ । आजको कारोवार दैनिकमा यो खबर छ ।
नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको अधिकारीहरुले जनाएका छन् ।
नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनका निम्ति अनुदानको कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख सन्तवीर लिम्बुले बताए ।