२४ कात्तिक, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।
उनी ५ मंसिरमा जनकपुरमा हुने आमसभामा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन्। उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् ।
आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग सल्लाह गरेर नै विदा भएको झाले बताए । झाले भने, ‘प्रचण्डजीसँग रहेर जति योगदान गर्न सक्छु, त्योभन्दा बढी माधवजीसँग रहेर गर्नसक्छु भन्ने लाग्यो । त्यसैले उहाँहरुसँग सल्लाह गरेर नै एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको हुँ ।’