NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न आफ्ना सदस्यहरुलाई एमालेको अपिल

बुधबार कार्तिक २४ , २०७८
Reading Time: 1 min read
A A
पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न आफ्ना सदस्यहरुलाई एमालेको अपिल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ कात्तिक, काठमाडाैँ ।

नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । सोही खातामा सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले यस अघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिव ७ लाख ३० हजार पार्टी सदस्य छन । उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठछ । त्यसले पार्टीको महाधिवेशनको खर्च पु¥याउन सकिन्छ ।

Advertisement

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधिहरु आउनेछन । विदेशी मित्रहरु पनि यसमा सहभागी हुनेछन् । र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाईन सिष्टमबाट जम्मा गर्ने, त्यो हामीले अपिल गरेका छौं । प्रत्येक पार्टी सदस्यबाट आजको दिनमा हाम्रो पार्टी सदस्यहरु ७ लाख ३० हजार करिव हुनुहुन्छ । अहिले त्यसको अन्तिम रेकर्ड आउन बाँकि छ । केही हजार थपिन पनि सक्नु हुन्छहोला । अथवा केही घटन पनि सक्छ । अन्तिम अभिलेख आउन बाँकि छ । ७ लाख ३० हजार पार्टी सदस्यबाट हामी ७ करोड ३० लाख रुपैयाँ एउटा अनलाईन सिष्टमबाट पार्टी सदस्यबाट कम्तिमा एक सय रुपैयाँ डोनेट गर्नु हुन्छ । एटलिष्ट एउटा पार्टी सदस्यले एक सय रुपैयाँ चाँही उहाँले आफ्नो मोबाईलमार्फत् अथवा नजिकको बैंकमा गएर पनि हामीले दिएको बैंक खातामा जम्मा गर्न सक्नुहुन्छ । त्यसको निम्ति राष्ट्रिय बाणिज्य बैंक, टेकुमा हामीले चल्ती खाता खोलेका छौं । १७००१००००११५९००१ यो हाम्रो खाता नम्बर हो । यो खाता नम्बरमा प्रत्येक पार्टी सदस्यले १०० रुपैयाँ अनिवार्य जम्मा गर्नुहुन्छ । यसबाट हामी महाधिवेशनको खर्चहरु व्यवस्थापन गर्नेछौं ।’

बैठकले पार्टीको महाधिवेशनसम्बन्धि सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जस अनुसार मंसीर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । यो उद्घाटनको अवसरमा देशभरका पार्टीको शुभचिन्तक र समर्थकहरु सहभागी हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तिमा ५ लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाहरुबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताउनु भयो । बैठकले कार्तिक ३० गते भित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टीको केन्द्रिय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरुलाई निर्देशन दिएको छ । एमालेले यही कार्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनौट गर्ने कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘यो मंसीर १० गते १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन अपरान्ह १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदीको किनारमा रहेको मैदानमा आयोजना हुनेछ । पार्टी अध्यक्ष कमरेडबाट राष्ट्रिय महाधिवेशनको उद्घाटन हुनेछ । यो उद्घाटनका अवसरमा देशभरीबाट हाम्रा पार्टीका समर्थक, शुभचिन्तकहरु सहभागी हुनेछन । र आजको बैठकले मूलतः चितवन र चितवन आसपासका जिल्लाहरुबाट ब्यापक जनपरिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विश्वका विभिन्न देशमा रहेका हाम्रा मित्र संगठनहरु, भाईचारा संगठनहरुलाई यो राष्ट्रिय महाधिवेशनमा निमन्त्रणा पठाउने निर्णय गरेको छ । पठाइपनि सकिएको छ । र कतिपय पार्टीहरुबाट महाधिवेशनमा उपस्थित हुने सूचना पनि हामीलाई दिनु भएको छ । यसको पनि हामीले क्रमशः फ्लो गर्दै जानेछौं । साथै दक्षिण एशीयाली सत्तारुढ दलहरु, विपक्ष दलहरुलाई पनि हामीले यो महाधिवेशनमा आमन्त्रण गर्नेछौं । यही कात्तिक २७ गते देशका सम्पूर्ण प्रतिनिधिहरुको छनौट गर्ने कार्यतालिका छ । त्यसलाई सम्पन्न गर्नका लागि आजको बैठकले जोड दिएको छ र कात्तिक २७ गते देशभरीबाट १९९९ जना प्रतिनिधिहरु छनौट हुन्छ । र ३० गते भित्र प्रतिनिधिहरुको सम्पूर्ण विवरण पार्टी केन्द्रिय कार्यालयमा उपलब्ध गराउन निर्देशन गरिएको छ ।’

महाधिवेशनको बन्द सत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुका लागि त्यही आसपासका लज, गेष्ट हाउसहरुमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको पनि व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताए । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि इलेक्ट्रोनिक भोटिङ सिष्टम प्रयोग गर्नेछ । बैठकले महाधिवेशनमा पोष्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । इलेक्ट्रोनिक सञ्चार माध्यामहरुको प्रयोग गरेर महाधिवेशनको प्रचार प्रसार गर्ने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताए । उनले भने, ‘महाधिवेशनको बन्दसत्र चितवनको सौराहामा हुनेछ । प्रतिनिधिहरुलाई त्यही सौराहा र त्यस आसपासको लज, गेष्टहाउसहरुमा पनि आवासको व्यवस्था गरिनेछ । सामुहिक खानाको व्यवस्था पनि महाधिवेशन स्थलमै गरिनेछ । यो महाधिवेशनमा हामी ईलेक्ट्रोनिक भोटिङ सिष्टमबाट निर्वाचन प्रक्रिया अवलम्बन गर्नेछौं । हामीले १० गतेको उदघटन सकिएपछि ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्नेछौं । १२ गते मतपरिणाम घोषणा गरी पार्टीको महाधिवेशन सम्पन्न गर्ने तयारीका साथ अघि बढिएको छ ।’

बैठकले महाधिवेशनका लागि दक्षिणी एशीयाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरुलाई अनिवार्य रुपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.