×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

प्रधानमन्त्रीको नाम लिँदै कर्मचारी सरुवा गराउन रकम असुली !

२१ श्रावण २०७५

काठमाडौं, साउन २१
प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउन कटिबद्ध भएर लागिरहेका बेला उनकै निकट भन्दै नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारीहरुले घुस लिंदै भ्रष्ट कर्मचारीलाई आकर्षक स्थानमा सरुवा गर्ने गरेको पाईएको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले हरेक मन्त्रालयका सचिव र सह– सचिवलाई आफु प्रधानमन्त्री केपी ओलीको प्रतिनिधी भएको बताउँदै भने अनुसार गरे ठीक हुने अन्याथा राम्रो नहुने भन्दै थर्काउने गरेको खुलेको छ ।

Advertisement
Advertisement

उनले आर्थिक लाभ लिएर बदनाम र भ्रष्ट कर्मचारीलाई मालपोत, यातायात, बैदेशिक रोजगार विभाग र आकर्षक परियोजनामा सरुवा गर्न दबाब दिने गरेका छन् ।कर्मचारीलाई विभिन्न कमाउ कार्यालयमा सरुवा गर्न आधिकारिक ट्रेड युनियन अध्यक्ष ढकाल र निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा र बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लागेका छन् । प्रधानमन्त्री ओलीको नाम लिएर उनीहरुले सरुवामा आर्थिक चलखेल गरेको गुनासो सामान्य प्रशासन मन्त्रालयभित्र ब्याप्त रहेको छ ।

ढकाल र कोइरालाले केही महिनाअघि १० बर्षभन्दा सडक आयोजनामा लेखापाल भई अकूत सम्पत्ति आर्जन गरेका सुवास कोइरालालाई सुर्खेत सडकको लेखापालमा सरुवा गराइसकेका छन् । उनी कांग्रेसका पालामा पटक पटक सडक आयोजनामा लेखापाल भएर अकूत सम्पत्ति आर्जन गर्ने लेखापालमा पहिलो नम्बरमा पर्दछन् ।

ढकाल र कोइरालाले संगठनमा लामो समय योगदान पु¥याउने राजेश आचार्य, माधव पौडेल, देवदत्त जोशी, अमित गिरी जस्ता संगठकहरुलाई दुःख दिने नियतका साथ अपायक वा अनाकर्षक कार्यालयमा सरुवा गर्न सिफारिस गर्दछन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीलाई प्रधानमन्त्रीको नाम लिंदै उनले आफूले भनेअनुसार सरुवा नगरे देखाइदिने धम्की दिने गरेका खुलेको छ ।

मन्त्रालयको कर्मचारी प्रशासनका कर्मचारीहरु लेखनाथ कोइरालाको ब्यवहारबाट आाजित हुन थालेका छन् । स्रोतका अनुसार उनी आर्थिक लाभ लिएका बदनाम कर्मचारीको सरुवा गर्न दिनभर दलालको रुपमा सामान्यको कर्मचारी प्रशासनमा बस्ने गर्दछन् । र, ओलीको नाम लिंदै धम्की दिने गर्दछन् । ट्रेड युनियन अध्यक्ष ढकाल र संगठनका बरिष्ठ उपाध्यक्ष कोइरालाले आफ्नो नाम लिंदै उच्च प्रशासकहरुलाई थर्काउने र आर्थिक लाभ लिएर कर्मचारी सरुवा गरेकोबारेमा प्रधानमन्त्री ओलीसम्म सूचना पुगेको र उनले यसलाई गम्भीरतापूर्वक लिएको स्रोतले बताएको छ । लेखनाथ कोइराला दिनदिनै सामान्यको कर्मचारी प्रशासनमा दौडधूप गरी उनलाई सरुवा गराउन सफल भएका छन् ।

नेकपा समर्थक उपसचिवहरुले मोरङ कारागार कार्यालयमा समेत ठाउँ नपाएको बेला कांग्रेसको नेताका रुपमा प्रस्तुत हुने निरौलालाई ललितपुरमा लान लागेका छन् । निरौला एक उदाहरण हुन्, नायबसुब्बा नारायण गौतम जो १२ बर्ष बागमती यातायात, नारायणी, मेची यातायात सबैतिर काम गरी करोडौं भ्रष्टाचार गरेको आरोप लागेका हुन्, उनलाई लेखनाथ कोइरालाले पुनः यातायात ब्यवस्था विभागमा सरुवा गराएका छन् ।

Advertisement
Advertisement

५ बर्षभन्दा बढी समयदेखि अर्थमन्त्रालयमा कार्यरत निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटलाई अर्थमै टिकाउन लागिएको छ । उनीमाथि कृषि मन्त्रालयका प्राविधिकहरु मात्र जाने कोटामा बजेट नै नदिने भनेर जबर्जस्ती आफ्नो नाम हाली चीन भ्रमणमा गएको आरोप लागेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top