Nepal Times
Nepal Times
3
Shares

धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न

धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न

२७ कात्तिक, काठमाडौं ।

धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७० प्रतिशत सम्पन्न भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका सिईओ सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणको काम लगभग ७० प्रतिशत सम्पन्न भैसकेको बताउनुभएको छ । २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे पनि काम सक्न भने बाँकी नै थियो ।

उद्घाटनका बेलामा धरहरा पुनर्निर्माणको काम लगभग ५६ प्रतिशत सम्पन्न भैसकेको ज्ञवालीले बताउनुभयो । उद्घाटन गरेपश्चात कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि भने काममा केही कठिनाई भएको ज्ञवालीको भनाइ छ । ‘कोभिडको दोस्रो लहर सुरु हुने वित्तिकै काममा बाधा पुग्याे , कामदार नै कोरोना संंक्रमित भएर काम द्रुतगतिमा हुनै सकेन,’ उहाँले भन्नुभयो ।

कोरोना संक्रमण कमि भएसँगै चाडपर्व सुरु भएकाले पनि काममा केही बाधा पुगेको ज्ञवालीले बताउनुभयो । तर,पनि काममा प्रगति भने भैराखेको उहाँको दावी छ । ‘केही सञ्चार माध्यममा धरहरा पुनर्निर्माणको काम नै भएको छैन भन्ने आएको छ । तर, त्यसो होईन काम भने भएको छ,’ ज्ञवाली भन्नुहुन्छ ।

धरहरा पुनर्निर्माणको काम यही मंसिर महिनाभित्र सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लक्ष्य राखेको थियो । अझै टावरमुनीको तीन तले पार्किङ् भवन, सङ्ग्रहालयको काम, प्रशासनिक भवन र खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक बन्न बाँकी नै रहेको ज्ञवालीले बताउनुभयो ।

गाेरखापत्रबाट

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.