मुठभेड नै शंकास्पद: ‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

साउन २३
राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ ।

पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको जनाउँदै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो ।

सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबरको रुपमा छापिएको छ ।
तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन ।

Advertisement

अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै हान्नुपर्ने अवस्था कसरी आयो ?, नगदेशस्थित डेराबाट अपहरणकारी कसरी पाइलट बाबा आश्रम जाने जंगलसम्म पुगे ?, प्रहरीले १९ राउन्ड फायर गर्दा अपहरणकारीका तर्फबाट एक गोली पनि फायर भएन ? अपहरणकारीलाई पक्राउ र कुटपिट गरेपछि प्रहरीले कहाँ लिएर गयो ? कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा लाग्यो र ?

‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

Advertisement

‘चैतदेखि गोपाल र अजय हाम्रो घरको भुइँतलामा डेरा गरेर बसेका हुन् । उनीहरू काम नपरेका दिन बिहान ९–१० बजेसम्मै सुत्थे । तर सोमबार बिहानै घर बाहिर देखेपछि मैले कहाँ गएर आएको भनेर सोधेँ । गोपालले फोहोर फालेर आएको बतायो ।रातभर नै हाम्रो घर वरिपरि प्रहरीले छापा मारेको कुरा बिहान थाहा भयो । ९ बजेतिर हाम्रो घरमा ३ गाडी र ४ मोटरसाइकलमा मान्छे आए । पछि पो थाहा भयो तिनीहरू सादा पोसाकका प्रहरी रहेछन् । घरधनीलाई माथिबाट तल झर्न नदिई गोपाल र अजय बस्ने कोठा सर्च गरे । गोपालले शव गाडेको ठाउँ देखाएपछि केही प्रहरी त्यता लागे ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top