काठमाडौं : टेकुस्थित ट्रान्फर स्टेशन भरिएर दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले मंगलबार फोहर खसाल्न अवरोध गरेका छन् । फोहोर संकलन गर्ने उक्त ठाउँमा दुर्गन्ध फैलिन थालेको छ । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।
अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् ।
लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।