Nepal Times
Nepal Times
3
Shares

उपभोग्य वस्तुमा विषादी प्रयोग गरी उत्पादन र बिक्री गर्नेलाई जेल

उपभोग्य वस्तुमा विषादी प्रयोग गरी उत्पादन र बिक्री गर्नेलाई जेल

साउन २३
विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारबाही व्यवस्था गरिएको हो ।

यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए । संविधानका मौलिक हकअन्र्तगत रहेको उपभोक्ताको हक कार्यन्वयनका लागि ल्याउन लागिएको विधेयकमा तोकिएको गुणस्तरभन्दा घटी वा बढी भएको कुनै वस्तु र सेवा उपभोग गरेर उपभोक्तालाई नोक्सानी भएमा कसुर गरेको मानिने उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.