भारतको सुप्रसिद्ध इन्टरनेशनल ग्लोवल अवार्ड पहिलो पटक नेपाली महिलालाई

२३ साउन २०७५, बुधबार
Share this
780shares

विराटनगर,साउन २३
भारतको सुप्रसिद्ध “अन्तर्राष्ट्रिय ग्लोवल अवार्ड” पहिलो पटक नेपाली महिला आभा अनुपमालाई प्रदान गरिएको छ ।सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, आदिको क्षेत्रमा सचेतना अभिवृद्धि गर्न सशक्त भूमिका खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रदान गरिने महानगर मेल नयाँ दिल्ली द्धारा स्थापित यो अवार्ड संस्थाको इतिहासमा पहिलो पटक नेपाली महिलालाई प्रदान गरिएको हो ।

Advertisement

 

अवार्ड प्रदान गर्दै भारत सरकारका केन्द्रीय आदिवासी जनजाति मंत्री जु एल ओ रामले अनुपमाको योगदानको प्रशंसा गरेका थिए ।त्यस्तै संस्थाका अध्यक्ष रणवीर गहलोतले यस अवार्ड द्धारा नेपाल र भारतका जनताहरु बीच परस्पर बन्धुत्वको भावना विकास हुने तथा साझा समस्याहरुको समाधानमा साझारुपले नीति र कार्यक्रम बनाई समन्वय गर्न हौसला मिल्ने आशा रहेको बताए ।

Advertisement

 

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा आह्वान गरिएको “स्वच्छ भारत, स्वस्थ भारत” तथा “बेटी बचाओ, बेटी पढाओ” जनअभियानमा सक्रिय योगदान दिने यस संस्थाले अनुपमालाई यो अवार्ड नेपालमा गरिबी निवारण, नारी सशक्तिकरण, फिल्मनिर्माणद्धारा सामाजिक रुपान्तरण तथा मानवीय एवं दैवी विपदामा सहयोग सँगै जीवनका अन्य क्षेत्रमा पनि आफ्नो ऐतिहासिक भूमिका निर्वाह गरेको आधारमा प्रदान गरिएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top