‘लियो क्वीज मेनिया’को उपाधि सेन्ट्रल मेगालाई

२३ साउन २०७५, बुधबार
Share this
695shares

विराटनगर,साउन २३
लियो क्लव अफ विराटनगर युनाइटेडद्धारा आयोजित ‘लियो क्वीज मेनिया’को उपाधी लियो क्लव अफ सेन्ट्रल मेगाले जितेको छ ।

Advertisement

विराटनगरको इष्टर्न कलेज अफ इन्जिनियरिङमा शनिबार भएको प्रतियोगितामा लियो क्लब अफ सेन्ट्रल मेगाले उपाधि जित्न सफल भएको हो ।त्यसैगरी लियो क्लब अफ सेन्ट्रल दोस्रो र लियो क्लब अफ इटहरी सुनसरी तेस्रो भएका छन् ।

Advertisement

रमपम तयारी चाउचाउ लगायत अन्य १८ वटा प्रायोजकहरुले प्रायोजन गरेको प्रतियोगितामा पूर्वाञ्चल भरीका १६ वटा लियो क्लबहरुले सहभागिता जनाएको लियो क्लव अफ विराटनगर युनाइटेडका अध्यक्ष क्षितिज गौतमले बताए ।

कार्यक्रममा लियो डिस्ट्रिक ३२५ ए वनका चेयरम्यान लायन मोहमद नाजिर, लियो डिस्ट्रिक ३२५ ए वनका अध्यक्ष रञ्जन कुमार शाही र उपाध्यक्ष रन्जितकुमार भगत लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top