काँग्रेस डडेलधुरा सभापति मल्ल बसे सानेपामा रिले अनसन

१ मंसिर, काठमाडाैँ ।

Advertisement

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् ।

पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरुले बुधबारबाट पार्टी केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका हुन् । डडेलधुराका हजारौं पार्टी नेता, कार्यकर्ताको भावना अनुसार पुनः अधिवेशन गर्न गरिएको मागको केन्द्रिय सभापति शेरबहादुर देउवाले सुनुवाई नगरेपछि आफूहरुले बाध्य भएर पार्टी केन्द्रमै रिले अनसन सुरु गर्नु परेको सभापति मल्लले बताए ।

Advertisement

उनले भने, ‘७६ जिल्लामा एउटा प्रक्रियाबाट अधिवेशन भईराखेको छ । डडेलधुरामा उहाँकै संरक्षणमा एउटा गुटको अधिवेशन हुन गईराखेको छ । यो अन्याय भयो, अत्याचार भयो । यो नेपाली काँग्रेसको विधान, नियमावली, पार्टीको निर्वाचन निर्देर्शिकाको खिलाफमा भयो । र यो आधाभन्दा बढि काँग्रेसहरुलाई अपहेलना गर्ने, अपमान गर्ने राजनीतिक रुपमा यस्तो कार्यलाई सच्याईयोस् । र सबैलाई अभिभावकत्व दिनेगरी अधिवेशन होस् । भनेर हामीले भदौं २३ गतेदेखि निरन्तर यही कात्तिक २२ गतेसम्म श्रेद्धय केन्द्रिय सभापतिजीलाई लिखित रुपमा र मौखिक रुपमा आग्रह ग¥यौं, अनुरोध ग¥यौं । ११–११ दिनसम्म सयौं साथीहरु डडेलधुरा पार्टी कार्यालयमा अनसन बस्यौं । हजारौं डडेलधुराका काँग्रेसका दाजुभाई तथा दिदीबहिनीहरुले त्यसलाई समर्थन जनाए । अहिलेसम्म पनि त्यसको सुनुवाई नभएपश्चात म नजन्मदै काँग्रेस भएका अभिभावकहरु बाध्य भएर अनसन बस्न बाध्य छन । न्यायका लागि यो भन्दा दुःखद कुरा अरु के हुन्छ ?’

Advertisement

त्यसैगरी नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रिय कार्यालयमानै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे । सभापति मल्ल नेतृत्वको टोलीले पार्टी केन्द्रिय सभापति देउवाले आफ्नै जिल्लाका पार्टीका बहुमत नेता, कार्यकर्तालाई अन्याय हुने गरी गरिएको वडा र पालिका अधिवेशन पुनः नभए आफूहरु पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसन बस्न बाध्य हुने भन्दै कात्तिक २७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top